नेयमारको २ गोलमा पिएसजी विजयी

एजेन्सी । पेरिस सेन्ट जर्मेन ( पिएसजी) का घरेलु समर्थक माझ पहिलो पटक उत्रेका नेयमारले उत्कृष्ट प्रदर्शन गरेका छन् । बार्सिलोनाका पूर्व स्टारको उच्च प्रदर्शनबाट प्रेरित खेलमा गएराति पिएसजीले टोलुसेलाई ६–२ ले हराएको थियो । जसमा नेयमारले २ गोल गरे ।

इङ्लिस क्लब बोउर्नेमोथबाट लोनमा गएका म्याक्स ग्रेडालले १८ औं मिनेटमा टोलुसेलाई अग्रता दिलाएका थिए । तर, नेयमारले ३१ औं मिनेटमा गोल गर्दै पिएसजीलाई खेलमा फर्काएका थिए । भने, एड्रियन र्याबियोटले ३५ औं मिनेटमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए ।

दोस्रो हाफमा मारको भेराटीको दोहोरो पहेलो कार्डसँगै पिएसजी १० खेलाडीमा सिमित भयो । भने, ६९ औंं मिनेटमा एडिसन काभानीले पेनाल्टीमा गोल गर्दै तेस्रो गोल गरे । टोलुसेका लागि क्रिस्टोफर जुलियनले ७८ औं मिनेटमा गोल गरेपनि ज्यभियर पास्टोरेले ८२ औं र लेभिन कुर्जावाले ८४ मिनेटमा गोल गर्दै घरेलु टोलीलाई बलियो स्थितिमा पुर्याए ।

नेयमारले इन्जुरी समयमा गोल गर्दै पिएसजीको गोल अन्तरलाई बढाए । नेयमारले दुई खेलमा तीन गोल गरिसकेका छन् । फ्रान्सेली लिग वोनमा लियोन घरेलु मैदानमा कायेनसँग २–० ले पराजित भयो । घरेलु टोली मार्सियेल एंगर्ससँग १–१ को बराबरीमा रोकियो । तीन खेलमा सतप्रतिशत नतिजासहित पिएजसी अंक तालिकाको शीर्षस्थानमा छ । समान ९ अंकसहित मोनाको दोस्रो स्थानमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *