‘मेरो शरीरलाई कसैले नछुनु’ भन्ने सन्देश लेखेर सेती नदीमा हामफालिन् किशोरी

२०७४ जेठ १५ गते

“
पोखरा, भदौ ५ । पोखरा–लेखनाथ महानगरपालिका रामघाटस्थित सेती नदीमा हामफाली एक किशोरी बेपत्ता भएकी छिन् ।
महानगर–१५ शिवचोक घर भई रामबजारमा रहेको कालिका उच्च माध्यमिक विद्यालयको कक्षा ९ मा अध्ययनरत १४ वर्षकी अग्नि गुरुङ आइतबार साँझ सेतीमा हाम फालेर बेपत्ता भएको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ ।
प्रहरीका अनुसार उनले हामफाल्नुअघि लेखेको सुसाइट नोटमा ‘मेरो शरीरलाई कसैले नछुनु’ भनी उल्लेख गरेको एक पत्रसमेत फेला परेको बताइएको छ ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित