उदयपुर: एक हप्तामा ३५ जना लागुऔषध प्रयोगकर्ता पक्राउ

२०७४ जेठ १५ गते

“
दयपुर, भदौ ४ । उदयपुरमा प्रहरी प्रमुख फेरिएसँगै प्रहरीले निगरानी बढाएको छ । पछिल्लो एक हप्ताको अवधिमा ३५ जना लागुऔषध प्रयोगकर्ता पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरले लागुऔषध दुर्व्यसनी विरुद्ध प्रहरीले सक्रियता देखाएसँगै प्रयोगकर्ता पक्राउ परेका हुन् ।
जिल्लामा प्रहरी उपरीक्षक नवराज भट्ट आएपछि लागुऔषध विरुद्ध प्रहरीले अभियान कडा बनाएको छ । उपरीक्षक भट्टका अनुसार पक्राउ परेका दुईजनालाई लागुऔषध सम्बन्धी मुद्दा दर्ता गरिएको छ । यस्तै ८ जनालाई म्याद थप गरी अनुसन्धान थालिएको छ । म्याद थप नगरिकन २५ जनालाई पक्राउ गरिएको छ ।
लागुऔषध प्रयोगकर्ता र व्यवसायीबाट गाँजा ५ सय ग्राम, लुपिजेसिक ४ एम्पुल, फेनारगन ३ एम्पुल, डाईजेन ल्याप ३ एम्पुल, फोडविन १ एम्पुल, मोसा २ थान बरामद गरिएको जानकारी समेत प्रहरीले दिएको छ ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित