रोल्पा सुनछहरीको झंकी गाउँ पहिरोको उच्च जोखिममा, १९ परिवार विस्थापित

रोल्पा, भदौ ४ । पुर्वी रोल्पाको सुनछहरी गाउँपालिका वडा नं. १ सेरमको झंकीगाउँका स्थानीय पहिरोका कारण विस्थापित भएका छन् । गएको ४ वर्षदेखि पटक पटक पहिरो जाँदा अहिलेसम्म १९ परिवार विस्थापित भइसकेका छन् । विस्थापित परिवारले सुरक्षित स्थानमा घर बनाउन थालेपनि पहिरो बढ्दै जाँदा अहिले सिंगो गाउँ नै पहिरोको उच्च जोखिममा परेको छ ।

गएको साउनमा मात्रै पहिरोका कारण दुई परिवार विस्थापित भएका छन् । एक परिवार टहरा बनाई बसेका छन् भने अर्का एक परिवार आफन्तको घरमा आश्रय लिएर बसेका छन् । पहिरोले घरबास बगाइदिएपछि आफन्तको घरमा बस्न बाध्य भएको पहिरो पीडित ५८ बर्षिया हिमसरा थकालीले गुनासो गर्नुभयो । बस्तीमा कमेरो बाटो भएको तथा २०७२ सालको भूकम्पले जमिन हल्लाएका कारण पहिरोले ठूलो रुप लिंदै गएको स्थानीयबासी ४८ बर्षिय रणबहादुर घर्तीमगर बताउनुहुन्छ ।

त्रासै त्रासमा दिन रात बित्े गरेको मगरको दुखेसो छ । पहिरोका कारण खानेपानी, बाटो र विजुली पुर्णरुपमा अबरुद्ध भएको छ । पहिरोले विद्युत् गृहमा क्षति पुर्याएपछि विद्युत् रोकिएको हो । २२ किलोवाट क्षमताको बाक्षेम खोला लघुजलविद्युत्मा पहिरोले क्षति पु¥याएपछि सेरम, फुलिवन, झंकी गाउँ अन्धकार छ । पहिरोको डरले स्थानीय बालबालिका विद्यालय जान समेत सकिरहेका छैनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *