संविधान संशोधन प्रस्तावमाथि आज संसदमा छलफल हुँदै

काठमाडौं, भदौ ४ । संविधान संशोधन प्रस्तावमाथिको आज संसदमा छलफल हुँदैछ । गत बुधबार संसद्मा प्रस्तुत गरिएको संशोधन प्रस्तावमाथि आजदेखि छलफल हुनेछ । आज र भोलि छलफल सकेर भोलि नै मतदान गर्ने तयारी भइरहेको संसद सचिवालयले जनाएको छ ।

एमाले प्रक्रिया अगाडी बढाउन सहमत भएपछि संसोधन अघि बढसंसदमा कायम भएका ५९२ सांसदमध्ये संविधान संशोधन पारित हुन दुईतिहाइ अर्थात् ३९५ मत आवश्यक पर्छ । तर, एमाले, राप्रपा र साना दलको सहयोग नहुँदा संशोधनमा दुईतिहाइ पुग्न गाह्रो छ । दुई तिहाइबाट संविधान संशोधन गर्न २२ मत अपुग छ ।

संशोधनको पक्षमा कांग्रेस, माओवादी केन्द्र, राप्रपा प्रजातान्त्रिक, फोरम लोकतान्त्रिक, राष्ट्रिय जनता पार्टी, संघीय समाजवादी फोरम, नेकपा संयुक्त , अखण्ड पार्टी नेपाल समाजवादी जनता पार्टी नेपाल परिवार दल रहेका छन् । संशोधनको पक्षमा जम्मा ३७३ सांसद देखिएका छन् । नेकपा एमाल,े राप्रपा, नेमकिपा, राष्ट्रिय जनमोर्चा, नेकपा माले, बहुजन शक्ति पार्टी, स्वतन्त्रलगायत दलहरु रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *