नेप्सेसहित कारोबारमा पनि गिरावट, होटल समूहमा सामान्य बृद्धि

काठमाडौं, भदौ ३ । यस साता शेयर बजार परिसूचक नेप्सेसहित कारोबार परिमाणमा पनि गिरावट आयो । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा १२.३८ अंकले घटेर अन्तिम दिन १६२९.७५ अंकमा पुग्यो ।

यस साता कारोबार भएका अधिकांश समूहमा गिरावट आएसँगै नेप्से दोहोरो अंकले झरेको हो । यस साता होटल समूहमा सामान्य बृद्धि आयो भने व्यापार समूह स्थिर रह्यो । अन्य सबै समूहमा गिरावट आयो ।

यस साता नेपाल स्टक एक्सचेन्जमा १ सय ७८ कम्पनीहरुको तीन अर्ब पाँच करोड ६७ लाख रुपैयाँ बराबरका ८४ लाख ४६ हजार कित्ता सेयरहरु खरिद बिक्री भए । कारोबार रकम गत साताको भन्दा करिब २० प्रतिशतले कम हो ।

गत साता १ सय ६८ कम्पनीहरुको तीन अर्ब ८१ करोड ८४ लाख रुपैयाँ बराबरका एक करोड २१ लाख कित्ता सेयरहरु खरिद बिक्री भएका थिए ।

यस साता कारोबार रकम र कारोबार संख्याको आधारमा नेपाल लाइफ इन्स्योरेन्स र कारोबार भएको सेयर संख्याको आधारमा नविल व्यालेन्स फण्ड १ अग्रस्थानमा रहेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *