मर्निङ वाक जाँदा कानमा एयर फोन घुसाउनुहुन्छ ? त्यसो भए एक पटक पढौँ

बिहान उठेर हिँड्नु स्वस्थ जीवनको एउटा सूत्र हो। शारीरिक रूपमा तन्दुरुस्त मानिसले पनि नियमित मर्निङ वाक गर्नु स्वस्थ र दीर्घ जीवनका लागि फाइदाजनक कुरा हो। रक्तचाप, मधुमेह, मुटुरोग, फ्याट्टी लिभर जस्ता रोग भएका बिरामीलाई त डाक्टरले नै नियमित मर्निङ वाक गर्न सुझाउँछन्। कडा शारीरिक व्यायाम गर्न नसक्नेहरुका लागि मर्निङ वाकले नै व्यायामको काम गर्छ। मर्निक वाकबाट मोटोपन घट्ने, तनाव कम हुने, दिनभरि काम गर्ने ऊर्जा मिल्ने, शरीर चुस्त र दुरुस्त रहने जस्ता फाइदा लिन सकिन्छ।

मर्निङ वाकमा जाँदा निम्न कुरामा ध्यान दिऊः

१. सबेरै उठ्नेस् बिहानको साढे ४ देखि ८ बजेभित्र मर्निङ वाक गरिसक्दा राम्रो मानिन्छ। सुरुसुरुमा बिहान सबेरै उठ्नका लागि अलार्म वा मोबाइलको प्रयोग गर्न सकिन्छ। कम्तीमा आधा घण्टा हिँड्नुपर्छ। सुरुका दिनमा लागातार ३० मिनेट हिँड्न सकिएन भने एकैछिन बिसाएर फेरि हिँड्न सुरु गर्दा पनि हुन्छ। सुरुमा बिहान सबेरै उठ्न गाह्रो भए पनि बिस्तारै बानी परेपछि सहज हुँदै जान्छ।

२. हिँड्ने तरिकास् मर्निङ वाक भन्दैमा बिहान उठेर सिधै दौडने वा सरासर हिँड्ने होइन। सुरुमा बिस्तारै पाइला अगाडि बढाउने हात पनि बिस्तारै अगाडि पछाडि लैजाने। त्यसपछि छिटो(छिटो हिँड्ने र हात पनि छिटोछिटो चलाउने। हिँड्दा निउरेर, कुप्रो परेर होइन छाती फुलाएर ढाड सिधा पारेर हिँड्नु पर्छ। देब्रे खुट्टा अगाडि हुँदा दाहिने हात पछाडि, दाहिने खुट्टा अगाडि हुँदा देब्रे हात पछाडि हुनुपर्छ। हिँडाइको गति छिटोछिटो हुन थालेपछि बिस्तारै दौडिन सुरु गर्दा हुन्छ। कहिल्यै पनि सुरुमै छिटो हिँड्ने वा डौडिने गर्नु हुँदैन।

३. कपडाको छनौटस् मर्निङ वाक जाँदा मौसम अनुसार सजिलो, हलुका तर लामा बाउला भएको कपडा लगाउनु उपयुक्त हुन्छ। प्रायः मर्निङ वाक खोलाको किनार, एकान्त ठाउँ, घाँसे मैदान जस्ता ठाउँमा गरिन्छ। जहाँ किरा, फट्यांग्रा, जुका, लामखुट्टे, सर्प आदिले टोक्ने वा चिल्ने खतरा हुन सक्छ। त्यसैले, लामो बाउला भएको कपडा लगाउनुपर्छ। ुग्रिपु भएको नचिप्लिने जुत्ता अनिवार्य मानिन्छ। छोटा लुगा लगाएर हिँड्नु सुरक्षाको दृष्टिले राम्रो होइन।

४. गीतसंगीतस् मर्निङ वाकमा गीत(सङ्गीतले पनि महत्त्वपूर्ण भूमिका खेल्छ। सकेसम्म आध्यात्मिक गीत र इन्स्ट्रुमेन्टल धुन सुन्नु राम्रो हो। यस्तो सङ्गीतले मर्निङ वाक गर्दा ध्यान एकाग्र हुनुका साथै हिँड्नमा ऊर्जा थपिन्छ।

५. इयरफोन कानमा नराख्नेस् मर्निङ वाक गर्दा हेड सेट वा इयर फोन कानमा हाल्नु हुँदैन। सधैँ इयर फोन राखेर हिँड्दा कानमा असार पुग्न सक्छ। मोबाइलको स्पिकर लाउड मोडमा राखेर गीत-सङ्गीत सुन्नु राम्रो हो। बरु प्राकृतिक सङ्गीत जस्तै, चराको चिरबिर, खोलाको कलकल आवाज सुन्दै हिँड्नु उपयुक्त हुन्छ।

६. गफ गरेर नहिँड्नेस् मर्निङ वाक गर्दा साथीसँग जिस्केर, गफ्फिएर हिँड्नु राम्रो होइन। साथी सँगै भए पनि गफ नगरी आफ्नै धुनमा हिँड्नु राम्रो हो। गफको तालमा गरिने मर्निङ वाकको उद्देश्य पूरा हुँदैन। वास्तवमा मर्निङ वाक भनेको गफ गर्ने समय नै होइन।

७. एकान्तमा नहिँड्नेस् मर्निङ वाकमा जाँदा मान्छेहरू नहुने एकान्त ठाउँमा हिँड्नु हुँदैन। रक्तचाप बढ्ने, मुटु दुखेर थला पर्ने जस्ता आकस्मिक दुर्घटना भयो भने तुरुन्त उद्धार हुन सक्ने ठाउँमा हिँड्नुपर्छ। मुटुरोग, मधुमेह, रक्तचाप जस्ता रोगका बिरामीले त एक्लै एकान्त ठाउँमा हिँड्नै हुँदैन।

८. समाचार नसुन्नेस् मर्निङ वाक गर्दा धेरैले रेडियोमा समाचार सुन्दै हिँडेको पाइन्छ। तर, मर्निङ वाकमा यसलाई राम्रो मानिँदैन। समाचारमा लडाइँ, आतङ्क, तनाव जस्ता नकारात्मक कुरा प्रमुख विषय बनेका हुन्छन्। मर्निङ वाकमा नकारात्मक कुराहरू कानमा पर्दा तपाईँको दिन कसरी सकारात्मक होलारु त्यस्ता समाचारले मनको एकाग्रता भङ्ग गरिदिन्छन्। बरु मर्निङ वाकबाट फर्केपछि पत्रपत्रिका पढ्ने वा समाचारका लागि रेडियो(टिभी सुन्ने हेर्ने गर्नु उपयुक्त हुन्छ। किनकि बिहानको हिँडाइमा अनेक कुरा सुनेर मन विचलित बनाउनु हुँदैन।

९. धूमपान(मद्यपान नगर्नेस् मर्निङ वाकमा कहिले पनि धूमपान गर्नु हुँदैन। यसै पनि धूमपानले आफूलाई मात्रै होइन अरूलाई समेत हानी पुग्छ। मद्यपानले शरीर र मनलाई एकाग्र बन्न दिँदैन। वरिपरि हिँड्नेले पनि धूमपान गरेको देख्दा वा मद्यपान गरेको थाहा पाउँदा नराम्रो दृष्टिले हेर्छन्।

१०. कुकुरलाई साथै लिई नहिँडौंस् मर्निङ वाकमा जाँदा कुकुर पनि सँगै लिएर हिँड्नेहरु धेरै भेटिन्छन्। एक त कुकुरसँगै हिँड्नुपरेपछि मर्निङ वाकको आनन्द लिने कि कुकुरको गोठालो लाग्नेरु त्यसमाथि कुकुरलाई मान्छे हिँड्ने बाटोमा दिसा गराइरहेकाहरु पनि धेरै हुन्छ। कुकुरलाई दिसा(पिसाब गराई बाटो फोहोर पार्न मर्निङ वाक जाने हो कि आफ्नो स्वास्थ्यका लागि हिँड्न जाने होरु त्यो विचार पुर्‍याउनुपर्छ।

११. खानपानमा ध्यानस् मर्निङ वाक सुरु गरेपछि खानपानमा पनि ध्यान दिनु जरुरी हुन्छ। सागपात र पोषिलो खानेकुरामा बढी जोड दिनुपर्छ। फ्रेस जुस पिउँदा हुन्छ। राति अबेरसम्म नबसी ठिक समयमा सुत्नुपर्छ। खानामा सबै प्रकारको खनिज तत्त्व पाइने खालका खानेकुरा छान्नुपर्छ। हिँडेर फर्केपछि दुई गिलास पानी पिउनु राम्रो हुन्छ।

१२. नुहाउने तरिकास् मर्निङ वाक गरिसकेपछि नुहाउनु अनिवार्य मानिन्छ। पसिनाको गन्धलाई हाटाउन र शरीरमा स्फूर्ति ल्याउन पनि नुहाउनु जरुरी छ। मर्निङ वाकबाट फर्किनासाथ सिधै ुसावरु लिनु हुँदैन। केहीबेर बसेर पसिना ओभाइसकेपछि मात्र नुहाउनुपर्छ। तपतप पसिना चुहिएको अवस्थामा नुहाउँदा शरीरमा हानि पुग्न सक्छ।

                                                                                                     खिम लामिछाने (काजी) स्वास्थ्य खबरबाट 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *