कम्प्युटरमा भाइरस लागेर हैरान हुनुहुन्छ ? यसो गर्नुहोस्

काठमाडौं, भदौ ३ । कम्प्युटरमा भाइरस घुस्यो भने काममा बाधा उत्पन्न हुन्छ । कम्प्युटरमा राखिएका फाइलहरू हराएर हैरान हुन्छ । हामीले केही सावधानी अपनाएर कम्प्युटरलाई भाइरस लाग्नबाट बचाउन सकिन्छ । एकपटक कम्प्युटरमा भाइरस छि¥यो भने यो व्यापक रूपमा फैलिन्छ । जसका कारण कम्प्युटर स्लो हुने, फाइलहरू हराउने, कम्प्युटर अटोमेटिक बन्द हुनेजस्ता समस्या देखिन्छन् । कतिपय समयमा भाइरसले कम्प्युटर आफैँ बन्द हुन्छ । अनावश्यक फाइलले मेमोरी फुल गरिदिने, फाइल नखुल्ने समस्या आउन सक्छ । कम्प्युटरमा अनावश्यक सर्टकट फाइलहरू बन्छन् । यस्तो अवस्थामा भाइरस लागेको हुन्छ ।

इन्टरनेटबाट अनावश्यक सफ्टवेयर डाउनलोड गर्दा प्राइभेट सफ्टवेयरहरू कपी गर्दा नेटवर्कबाट डाटाहरू एक्सचेन्ज गर्दा कम्प्युटरमा भाइरस लाग्ने सम्भावना बढी हुन्छ । नचिनेको अनलाइन पोर्टलहरू खोल्दा भाइरस लाग्ने हुन्छ । कम्प्युटरमा भाइरस लाग्दा कम्प्युटर खुल्न बढी समय लाग्छ । कम्प्युटरमा इरर देखाउँछ ।इमेलबाट पनि भाइरस लाग्ने सम्भावना बढी हुन्छ । नचिनेको इमेल चेक गर्दा कम्प्यु टरमा भाइरस लाग्न सक्छ । हामीले जोकोहीले पठाएको इमेल चेक गर्नु हुँदैन । बजारबाट किनेर ल्याएका गेमका सिडीबाट, इन्टरनेटबाट प्रोगाम डाउनलोड गर्दा, पेनड्राइभ, मेमोरी कार्ड, फ्लपी डिस्कबाट फाइल सार्दा भाइरस सर्ने सम्भावना बढी हुन्छ ।

जुनसुकै भाइरसबाट बचाउन एन्टिभाइरस राख्नुपर्छ । त्यसो गर्न सकियो भने केही हदसम्म भाइरसबाट कम्प्युटरलाई जोगाउन सकिन्छ । एन्टिभाइरस सफ्टवेयरलाई समय–समयमा अपडेट गराइराख्नुपर्छ । पेनड्राइभ, सिडीमार्फत कम्प्युटरमा भाइरस लाग्ने भएकाले खोल्नुभन्दा पहिले स्क्यान गर्नुपर्छ । -नयाँ पत्रिकाबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *