आठ दिनदेखि बिद्युत अबरुद्ध हुँदा खोटाङबासी सञ्चारबाट बञ्चित

खोटाङ, भदौ २ । उदयपुरको त्रियूगा नदीमा आएको बाढीले पोल बगाएका कारण आठ दिन अघिदेखि अबरुद्घ बिद्युत अझै सञ्चालन हुन नसक्दा खोटाङबासी सुचना तथा सञ्चार सेवाबाट बञ्चित भएका छन् । बाढीपहिरोका कारण १ हप्ता अघिदेखि अवरुद्ध भएको बिद्युत अझै सञ्चालनमा आउँन नसक्दा मोबाईल तथा टेलिफोन, ईमेल–ईन्टरनेट सेवा प्रभाबित हुनका साथै स्थानीय रेडियो तथा पत्रपत्रिका ठप्प हुँदा जिल्लाबासी सञ्चारबिहिन बनेका हुन् । लामो समयसम्म विद्युत आपूृर्ति नभएका कारण जिल्लाका बैंक तथा बित्तिय संस्थाहरुको सेवा समेत प्रभाबित बनेको छ ।

बिद्युत अभाबमा काम नबन्दा होटलमा महंगो रकम तिरेर बस्न बाध्य बनेको नागरिकता राहदानी लगायतका काम लिएर सदरमुकाम आएका सर्वसधारणको गुनासो छ । सवै कार्यालयमा जेनेरेटर चलाएर भए पनि सेवा प्रवाह गर्न अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी प्रह्लाद पोखरेलले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *