बार्सिलोनामा भ्यान प्रयोग गरी आक्रमण, १३ जनाको मृत्यु, अर्को आक्रमण प्रहरीले रोक्यो

“काठमाडौं, भदौ २ । स्पेनको बार्सिलोनामा भएको आक्रमणमा १३ जनाको ज्यान गएको छ । केही घाइते भएका छन् । भ्यानको प्रयोग गरी धेरै भिड हुने क्षेत्रमा आक्रमण भएको हो ।  

बार्सिलोनाको प्रसिद्व ठाउँ लास रामब्लास क्षेत्रमा विद्रोही समूह इस्लामिक स्टेट आइएसले आक्रमणको जिम्मा लिएको जनाएको छ । आइएसले आक्रमणको जिम्मा लिए पनि आक्रमणमा कसको संलग्नता थियो भन्ने प्रमाण बाहिर आएको छैन ।  

आक्रमणको आशंकामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । अर्का एक जना प्रहरीको आक्रमणमा मारिएका स्पेनका सञ्चार माध्यमलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । यस्तै घटनामा संलग्न रहेको भन्दै एक जनाको तस्बिर प्रहरीले सार्वजनिक गरेको छ । ती व्यक्तिले आक्रमणका लागि प्रयोग भएको भ्यान भाडामा दिएको प्रहरीले जनाएको छ ।  

स्पेनका प्रहरीले सम्भावित अर्को आक्रमणलाई रोकेको जनाएको छ । क्यामब्रिल्समा हुन लागेको आक्रमण रोक्न चार जनालाई मारेको बिबिसीमा उल्लेख छ । क्यामब्रिल्स बन्दरगाहमा गोलिको आवाजहरु आएको थियो । प्रहरीले मानिसहरुलाई सडकमा ननिस्कन र सुरक्षित रहन आग्रह गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *