‘आइसिटी पायनियर अवार्ड’ रेग्मीलाई

काठमाडौं, भदौ १ । सूचना तथा सन्चार क्षेत्रमा योगदान पुर्‍याएको भन्दै ‘आइसिटी पायनियर अवार्ड’ आइटी उद्यमी सुरेश रेग्मीलाई प्रदान गरिएको छ ।

‘आइसिटिच मिडिया’ले सुरु गरेको दोस्रो नेटिस अवार्र्डबाट रेग्मी सम्मानित भएका हुन् ।

यस्तै, विदेशमा रहेर नेपालको सूचना प्रविधिको क्षेत्रमा योगदान पुर्‍याएको भन्दै ‘आइसिटी डायस्पोरा अवार्ड’ किरणभक्त जोशीलाई प्रदान गरियो ।

त्यस्तै, ‘बेस्ट स्टार अप कम्पनी अवार्ड’ तीन संस्थालाई प्रदान गरियो भने ‘बेस्ट इनोभेटिभ प्रडक्ट अवार्ड’बाट पनि तीन उत्पादक कम्पनीलाई प्रदान गरिएको थियो ।

अवार्ड प्रदान गर्दै सूचना तथा सन्चारमन्त्री मोहनबहादुर बस्नेतले सूचना प्रविधिको विकासले नै नेपालको काूल गार्हस्थ उत्पादन बढाउन मद्दत पु¥याउने बताए । उनले सूचना प्रविधिमार्फत् देश विकास गर्न सकिए लाखौं युवालाई विदेशिनबाट रोक्न सकिने पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *