जुट्दै छ सहयोग, उठ्दै छ तराई मधेश


“
भाद्र १, काठमाडौं । गत साउन २५ गते यता आएको बाढी पहिरोबाट पिडीत तराई मधेशका जनतालाई राहत दिने उद्देश्यले शुलभ मिडियाको संयोजनमा भईरहेको राहत संकलन कार्याक्रममा विभिन्न संघसंस्था तथा ब्यक्तिहरुबाट उत्साहजनक सहयोग प्राप्त भएको छ ।
मंगलबारबाट संकलन गर्न थालिएको राहतका देश विदेशमा समेत रहेका नेपालीहरुबाट नगद तथा जिन्सी सहयोग प्राप्त भएको छ ।
एउटा नेपालीलाई परेको दुखःमा अर्को नेपालीले साथ दिनुपर्छ भन्ने भावनाबाट प्रेरित भएर शुरु गरिएको राहत संकलन अभियानमा नेपाल राष्ट्रिय माडवारी परिषद्बाट विभिन्न राहत सामग्री प्राप्त भएको छ । परिषद्बाट बाढी पिडीतहरुका लागि त्रिपाल, पाल, भाँडाकुँडा तथा विभिन्न प्राथमिक स्वास्थ्य सामग्रीहरु प्राप्त भएको छ । परिषद्ले बाल्टिन ३ सय पिस, त्रिपाल ११ बण्डल, त्रिपाल १ रोल, औषधी १ कार्टुन सहयोग गरेको छ ।
यस अघिको महाभुकम्पमा समेत भुकम्प प्रभावित जनतालाई विभिन्न सहयोग गरेको परिषद्ले ‘सेवा नै ठूलो धर्म हो’ भन्ने मुल आदर्शबाट अभिप्रेरित भएर काम गरेको परिषद्का केन्द्रिय अध्यक्ष पवन मित्तलले बताए । ‘एउटा नेपालीलाई परेको दुखःमा अर्को नेपाली टुलुटुलु हेरेर बस्न सक्दैन । हामीले पनि आफ्नो तर्फबाट सक्दो सहयोग गरेका हौं ।’ उनले भने ।
यसैगरी जनप्रशासन कलेजबाट विभिन खाद्य सामग्रीहरु प्राप्त भएका छन् । कलेजमा अध्ययनरत विद्यार्थी, शिक्षकहरुले चाउचाउ, भुजिया, दालमोट, खानेपानी, दन्तमञ्जन, जिवनजल, चीउरा, कपडा गरी करिब २३ हजार बराबरको सामग्री सहयोग गरेको कलेजका प्राचार्य हरिभक्त शाहीले हस्तान्तरण गरेको बताए । उक्त राहत संकलन अभियानमा स्ववियू सभापति पंकज सुवेदी क्षेत्री, सध्या आचार्य, शचिन भट्टराई, गागा कार्की, हेमन्त आचार्य रहेका थिए ।
यसै गरी न्यू समिट कलेजबाट विद्यार्थी विकास अर्यालको संयोजकत्वमा विद्यार्थीहरुबाट १८ हजार ५८ रुपैंया तथा लत्ता कपडा औपचारिक कार्यक्रम गरी अभियानलाई हस्तान्तरण गरिएको थियो ।
यसैगरी सल्यानी युवा सञ्जालबाट ८१ हजार सात सय ८८ रुपैंया संकलन भएको संयोजक सुदर्शन बुढाथोकीले जानकारी दिए ।
अभियानमा धरानका इन्जिनियर राकेश कुमार दासले नगद रु ५ हजार प्रदान गरेका छन् । सुभायू सुवेदीबाट एक कार्टुन औषधि प्राप्त भएको छ ।
शुलभ मिडिया प्रा.लि.को संयोजनमा भईरहेको राहत संकलन अभियानमा देश देखि विदेशसम्मबाट सहयोग आउने क्रम बढेको छ ।
बेलायतको लण्डनमा नेपाली जनसम्पर्क समिति मार्फत पनि सहयोग संकलन गर्न थालिएको बेलायतको लण्डनबाट मकालु खबर डटकमका कन्ट्री हेड विनय अधिकारीले बताए । अहिलेसम्म बेलायतमा विनय अधिकारीबाट ५० पाउण्ड, रिता परियारबाट ५० पाउण्ड, राजकुमार पन्तबाट २५ पाउण्ड, महेश दाहालबाट ५० पाउण्ड, चेतनाथ खनालबाट ५० पाउण्ड र विज्ञान प्रसाईंबाट ५० पाउण्ड संकलन भएको छ । यता अष्ट्रेलियाबाट समेत सहयोग संकलन गर्ने कार्यलाई तिब्रता दिइएको छ । भने, नेपालका पोखरा, बुटवल, धरान लगायतका शहरमा समेत राहत संकलन अभियान गरिएको छ ।
Help for Nepalese अभियानमा प्रवासमा रहेका नेपालीहरुले आर्थिक सहयोग गर्न चाहेमा बैंक खाता मार्फत सहयोग रकम जम्मा गर्न सक्नुहुनेछ । www.helpfornepalese.com मा गएर पनि आफुले सहयोग गर्न चाहेको रकम भर्न सकिनेछ । अथवा, www.gofoundme.com, esewa, तथा शुलभ मिडिया प्रा.लि.को ग्लोवल आइएमई बैंक लि. को बैंक खाता नं. ०४०१०१००००३९७ मा जम्मा गर्न सकिने सुलभ मिडिया प्रा.लि.का अध्यक्ष फिलिप डिसीले बताए ।
helpfornepalese अभियानमा सहभागी संस्थाहरु
मकालु खबर डटकम, Together we can bring the change ( TWECATCH), दियो पोष्ट डटकम, नेपाल राष्ट्रिय माडवारी परिषद्, केन्द्रिय कार्यालय, सल्लेरी खबर डटकम, Kumar.com.np, APPharu, सल्यानी युवा सञ्जाल, रिडर्स क्लब, निश्चल फाउण्डेशन, द कार्टुन क्रिऊ, Asian Techno Traders, जनप्रशासन कलेज, न्यू समिट कलेज लगायतका संस्था रहेका छन् ।
“
