अाफूलार्इ शक्तिशाली देखाउन सीमा क्षेत्रमा भारत र चीनको निर्माण कार्य
“
एजेन्सी । भारत, चीन र भुटानको नजिक एउटा ट्राई–जक्शनमा सडक निर्माणका विषयमा दुई एसियाली प्रतिद्वन्द्वी मुलुक चीन र भारतबीच गतिरोध जारी छ । दुवै देश आफ्ना आफ्ना सीमा क्षेत्रमा सैनिक संरचना र सङ्ख्या बढाइरहेका छन् । किनभने दुवै देश यो क्षेत्रमा शक्ति सन्तुलन बदल्न चाहन्छन् । भारत सरकारले चीनको सडक निर्माण योजनालाई ‘देशको सुरक्षाका लागि खतरा र यथास्थितिमा महत्त्वपूर्ण परिवर्तन’ बताएको छ ।
दुवै पक्ष सीमा क्षेत्रमा भइरहेका निर्माण कार्य सम्बन्धी एक अर्काको परियोजनालाई सन्देशको दृष्टिबाट हेर्दछन् । चीनमा डौंगलैंक र भारत डोकलाम भनिने क्षेत्रमा दुवै देशबीच वर्तमान गतिरोध सबैभन्दा ताजा घटना हो । आफ्नो सैन्य हार्डवेयरको आधुनिकीकरणका साथ ३५०० किलोमिटर (२,१७४ मिल) को सीमामा सडक, पुल, रेल लिंक र हवाई पूर्वाधार निर्माणका लागि दुवै देशले ठुलो धनराशी र आफ्ना नागरिकलाई परिचालन गरेका छन् ।
निर्माणको होडमा चीन
भारतसँग जोडिएको सीमा क्षेत्रमा चीनले पूर्वाधार निर्माणको आफ्नो सुप्रसिद्ध क्षमतालाई राम्रोसँग उपयोग गरेको छ । चीनले सीमा क्षेत्रमा १५ मुख्य विमानस्थल र २७ साना विमानस्थल निर्माण गरेको छ । यस मध्ये सबैभन्दा विशेष हरेक मौसममा उपयोग गर्न सकिने तिब्बतको गोंकर विमानस्थल हो । जहाँ उन्नत लडाकु विमान तैनाथ गरिएको छ । हवाई क्षेत्रका साथै केही विज्ञहरुका अनुसार चीनले तिब्बत र युन्नान प्राप्तमा व्यापाक मात्रामा सडक र रेल सञ्जाल निर्माण गरेको छ । यसको अर्थ चिनियाँ सेनासँग अब मात्र ४८ घण्टामा भारत–चीन सीमा क्षेत्रमा पुग्ने क्षमता छ । केही समाचार अनुसार चीनले वास्तविक नियन्त्रण रेखा नजिक समेत ३१ मार्गमा सडक बनाएको छ ।
निद्राबाट ब्युँझ्यो भारत
यद्यपि चीनले सुरुवाती अग्रता अवश्य लियो, तर दिल्लीस्थित वेभसाइट फर्स्ट पोस्टका अनुसार भारत पनि ‘पछिल्लो केही वर्षमा निद्राबाट जागेको छ ।’ वर्षौको उपेक्षापछि भारत निकै तीव्रताका साथ आफ्नो सीमा क्षेत्रमा पूर्वाधार निर्माणलाई उन्नत बनाउने कोसिस गरिरहेको छ । ताकि चीनको फाइदाको असरलाई कम गर्न सकियोस् । जुलाईमा एक जना भारतीय मन्त्तीले संसद्मा भारत–चीन सीमामा ७३ सडक निर्माणका लागि मञ्जुरी दिएको बताएका थिए । तर, यस मध्ये अहिलेसम्म मात्र ३० वटा सडक पूरा भएको छ । सडक निर्माण परियोजना दुर्गम क्षेत्र, भूमि अधिग्रहण र नोकरशाही ढिला सुस्तीले पूरा हुन नसकेको हो ।
अघि बढ्दै चीन
चीनको दाबी अनुसार चीन र पाकिस्तान सीमामा ‘१४ सामरिक रूपले महत्त्वपूर्ण रेल लाइन’ बनाउने आफ्नो रणनीतिक परियोजना अन्तर्गत भारतको अरुणाचल प्रदेशको तवांगमा रेल लिंक बनाउने सम्भावना पनि खोजी रहेछ । मेमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पूर्वोत्तर राज्य असममा देशको सबैभन्दा लामो पुल उदघाटन गरे ताकि सैनिक र बन्दोबस्तीका सामान ओसारपसार गर्न सकियोस् ।
हवाई सुविधाको सन्दर्भमा भारतले अरुणाचलको तवांग र दिरांगमा दुई सुविधायुक्त ल्यान्डिङ ग्राउन्ड (एएलजी) बनाउनुका साथै पूर्वोत्तर क्षेत्रमा पहिलाबाटै निर्मित ६ एएलजीको स्तरोन्नति पनि गरिरहेको छ । यो सबै कुरालाई दृष्टिगन गर्दै केही विशेषज्ञका अनुसार यो मामिलामा भारत चीनभन्दा अगाडि छ । किनभने चीनको हवाई क्षेत्र उचाइमा छ, जहाँ सैन्य विमान र इन्धन कमै मात्रामा राख्न सकिन्छ ।
सीमा क्षेत्रको निर्माणले बढ्दो संवेदनशीलता
सङ्घर्षको स्थितिमा तीव्रताका साथ प्रतिक्रिया दिने उन्नत पूर्वाधारले सहयोग गर्दछ । सही सीमा निर्धारण नभएको स्थितिमा उक्त क्षेत्रमाथि दाबी पनि गर्न सकिन्छ । कयौ विशेषज्ञ भन्छन् कि दक्षिण चीन सागरमा जस्तै बेइजिङले यसको उपयोग गरेको छ । त्यसैले, भारत र चीन विवादित सीमा क्षेत्रमा सामरिक लाभ प्राप्त गर्नका लागि एक अर्काको निर्माण कार्यमा ध्यान केन्द्रित गरिरहेका छन् । र, ठुला परियोजनाहरुको घोषणा हुँदा अक्सर तनावको स्थिति बन्ने गरेको छ ।
पीएलए एकेडेमी अफ मिलिट्री साइन्सका रिसर्चर चाओ शियाजु चीनको सडक निर्माणमा भारतको चिन्ता प्रति प्रश्न उठाउँछन् । उनी नयाँ दिल्लीद्वारा स्वीकृत गरिएका पछिल्ला परियोजनाहरू तर्फ सङ्केत गर्दै भन्छन्, जब सीमावर्ती पूर्वाधार निर्माण बलियो बनाउने कुरा आउँछ तब भारत दोहोरो मापदण्ड अपनाउने गर्दछ । यता भारतीय सेनाका एक पूर्व अधिकारी भन्छन्, सायद २० वर्ष लाग्नेछ । तर, एक पटक जब हामी चिनियाँ सीमा नजिक आफ्नो बलियो पूर्वाधार विकसित गर्नेछौ तब हामी राम्रो कनेक्टिभिटीसँग जोडिनेछौ र विवादका विषयमा निस्फीक्री बस्न सक्नेछौ, तर अहिले होइन ।
चीनभन्दा भारतलाई बढी लाभ
भारतको मूलभूत ढाँचामा विस्तार गर्नुले देखाउँछ कि भारतका रक्षा प्रतिष्ठानहरुमा रणनीतिक परिवर्तनमा कति जोड दिइरहेछ । नयाँ तर्कको हवाला दिँदै रक्षा विशेषज्ञ केवी कुबेर भन्छन्, नयाँ मूलभूत ढाँचाले भारतलाई चीनको तर्फबाट हुने सबै प्रकारको दुस्साहसको जवाफ सभ्य तरिकाले दिन सहयोग गर्नेछ । तर, रक्षा विशेषज्ञका अनुसार चीनले जति नै पूर्वाधार निर्माण गर्न भारतलाई एक दशक समय लाग्नेछ ।
चीनले यो क्षेत्रमा आफ्नो कुशल परिवहन सञ्जाललाई जोडतोडले देखाउँदै आएको छ । चीनको सरकारी पत्रिका ग्लोबल टाइम्सको एउटा लेखका अनुसार चीनको गतिशीलता र रसद क्षमता भारतसँग तुलना गर्न सकिँदैन । विशेषज्ञहरुका अनुसार पछिल्लो महिना तिब्बतमा लाइभ फायरिङ ड्रिल भारतलाई देखाउनका लागि डिजाइन गरिएको थियो । भारतलाई चीन निकै शक्तिशाली अवस्थामा रहेको सन्देश दिन उक्त फायरिङ ड्रिल भएको थियो ।
शांघाई इन्स्टिच्युट फर इन्टरनेशनल स्टडिजका विशेषज्ञ वांग डेहुका अनुसार उपकरण र सैन्य दलको आवत जावतले देखाउँछ कि चीनका लागि पश्चिमी सीमाको रक्षा गर्न कति सहज छ । जवाहरलाल नेहरु विश्वविद्यालयमा चिनियाँ सेनाका विशेषज्ञ श्रीकान्त कोंडापल्लीका अनुसार सेनाको प्रशिक्षण र पेशेवर अन्दाजको मामिलामा भारत लाभको स्थितिमा छ । जबकि पूर्वाधार, रसद र आपूर्तिको मामिलामा चीन बलियो छ । बीबीसी हिन्दीबाट/ न्यूजसेवा
“