बाढी पीडितलाई राहत वितरण गर्दै काँग्रेस नेता डा. कोइराला

साउन ३२, काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइराला बाढी र पहिरो पीडितहरुलाई राहतका लागि मोरङमा खटिएका छन् । उनी आइतबार नै नेपाली सेनाको हेलिकप्टरबाट विराटनगर गएर उद्धार कार्यमा लागेका थिए । अहिले उनी राहतका लागि खटिएका छन् ।

मोरङको छ र सात नम्बर निर्वाचन क्षेत्रमा उनले त्यहाँका पीडितहरुसँग सल्लाह गरेर राहत वितरण गर्दै आइरहेको उनका सहयोगी दिनेश थपलियाले जानकारी दिए ।

‘सरकारले दिएको राहत पर्याप्त नभएकोले उहाँ आफै राहत कार्यमा जुटिरहनुभएको छ’, उनले भने ‘साथीभाईहरुसँग मागेर त्रिपाल, कपडा र खाद्यान्न जुटाएर उहाँले राहत वितरण गर्दै आउनु भएको हो ।’

उनले बुढी खोला र सिगायी खोलामा तटबन्धन गर्ने काम पनि अघि बढाएका छन् । यी दुई खोलाको कारण विराटनगर डुबानमा परेको कारण उनले प्राविधिक टोलीको सहयोगमा तटबन्धन सुरु गरेका हुन् ।

बढी खोलामा १७ किलोमिटर र सिगायी खोलामा पाँच किलोमिटर तटबन्धन गर्न लागेको पनि उनका सहयोगी थपलियाले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *