नेपालले जापानमा आज दोस्रो मैत्रीपूर्ण खेल खेल्दै

साउन ३१, मकालु खबर । जापान भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज दोस्रो मैत्रीपूर्ण खेल खेल्दैछ । पहिलो मैत्रीपूर्ण खेलमा १–१ को बराबरी खेलेको नेपालले आज क्वान्साइ गाकुइन विश्वविद्यालयको टोलीसँग प्रतिस्पर्धा गर्नेछ । खेल नेपाली समय अनुसार दिउँसो १ः१५ बजे सुरु हुनेछ ।

एएफसी एसियन कप छनोट अन्तर्गत अर्को महिना ताजकिस्तानसँग खेल्नुअघि अन्तिम तयारीको लागि नेपाली टोली जापान पुगेको हो । जापानमा पुगेको नेपाली टोलीले आइतबारको मैत्रीपूर्ण खेलमा गाम्बा ओसकाको यू–२३ टोलीसँग १ – १ को बराबरी खेलेको थियो । नवयुग श्रेष्ठको गोलबाट नेपाली टोलीले खेलमा बराबरी गरेको थियो ।

नेपालले भदौ २० गते ताजकिस्तानसँग घरेलु मैदानमा प्रतिस्पर्धा गर्नेछ । छनोटमा दुई खेल खेलिसकेको नेपालको १ अंकसहित तेस्रो स्थानमा छ । ६ अंकसहित शीर्षस्थानमा फिलिपिन्स र ४ अंकसहित यमन दोस्रो स्थानमा छ । ताजिकिस्तानले अंक जोड्न सकेको छैन । समूहको शीर्ष दुई टोलीले एएफसी एसियन कपको अन्तिम चरणमा प्रवेश पाउनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *