प्रधानमन्त्रीले के-के सहमति पुर्याएर तोडे त केसीले अनशन ?

२३ दिनदेखिको अनशरत डा. गोविन्द केसीका माागबारे वार्ता गर्न १९ दिनदेखि काम गर्दा पनि सरकारी समितिले ठोस निकास दिन नसकेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले प्रत्यक्ष हस्तक्षेप गरेर सुखद निष्कर्षतिर पुर्याएका छन् ।

तीनपटक सम्म उच्च स्तरीय बैठक बस्दा र प्रमुख प्रतिपक्षसंग आग्रह गर्दा पनि निकास निस्किन नसेको अवस्थामा देउवाले पछिल्ला २४ घण्टामा ठोस प्रस्तावसहित केसी पक्षसंग सीधै सम्पर्कमा रहेर टुंगोमा पुर्याए ।

देउवाले डा. केसीले उठाएका प्रमुख माग सम्बोधन हुनेगरी मंगलबार दिनभरमा चारवटा निर्णय गराए ।

साँझ पाँच बजे सरकारले आकस्मिक रुपमा मनमोहन मेडिकल बलेज खरिद प्रक्रिया अगाडी बढाउन मुख्य सचिवको संयोजकत्वमा अर्थ, सार्वजनिक खरिद कार्यालय शिक्षा र स्वास्थ्य सचिव सदस्य रहेको कमिटी गठन गरेको छ ।, यो खबर आजको नागरिकमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *