पाँच महिनामा दोलखामा २ सय ५३ जना बालबालिका कुपोषित

दोलखा, साउन ३१ । दोलखामा गत चैतदेखि हाल सम्म २ सय ५३ जना बालबालिका कुपोषित भेटिएका छन् । कडा शिघ्र कुपोषित २३ जना र मध्यशिघ्र कुपोषित २ सय ३० जना गरी २ सय ५३ जना बालबालिकामा कुपोषण भेटीएको जिल्ला स्वाथ्य कार्यालय दोलखाले जनाएको छ ।

कार्यालयका अनुसार कुपोषित बालबालिकालाई जिल्लाको पा्रथमिक स्वास्थ्यचौकीहरु चरीकोट र सुरी, मागपौवा, सुनखानी, दोलखा, फस्कु, बोच, झुले, खोपाचाँगु, लादुक, लामावगर, मेलुङ, जिरी र नाम्दु स्वास्थ्यमा नेपाल प्राविधिक सहयोग समुहको सहयोगमा तयारी उपचारात्मक खाना लगायतको उपचार गराईएको छ ।

उपचार पश्चात कडा कुपोषित २३ जना मध्ये ५ जनालाई ठिक भईसकेको छ भने मध्यशिघ्र कुपोषित २ सय ३० जना मध्ये ६८ जनालाई ठिक भईसकेको छ । कडा शिघ्र कुपोषित १८ जना र मध्य शिघ्र कुपोषित १ सय ८० जना बालबालिकाको हाल उपचार भईरहेको छ । जिल्लामा २ सय ७६ जना सुत्केरी तथा गर्भवति महिलाहरुमा पनि कुपोषित भेटीएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *