निर्वाचन आयोगको लापरवाहीले जनतालार्इ सास्ती

साउन ३१, मकालु खबर । निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्य सञ्चालन गरिरहेको छ । आगामी प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि आयोगले नामावली सङ्कलन तथा अद्यावधिक कार्य अघि बढाएको हो । साउन १ देखि १५ गतेसम्म नामावली दर्ताको समय दिएको आयोगले १६ देखि २० गतेसम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने जनाएको थियो । तर, उपत्यकाकै तारकेश्वर नगरपालिकामा मिति सकिने अघिल्लो दिन सम्म समेत व्यवस्थित रूपमा काम हुन सकेको देखिँदैन । मतदाता नामावलीमा नाम दर्ता गराउनेको बाक्लो उपस्थिति रहदा समेत कार्यालयले व्यवस्थित रूपमा काम अगाडी बढाउन सकेको छैन ।

दर्ता गर्नेको भिड, फारम छैन

तारकेश्वर नगरमा नामदर्ता गर्नेहरूको दिनहु जसो भिड बढ्दो देखिन्छ । तर, दर्ता फारम अभाव भएको पाइन्छ । नगरपालिकाका मेयर रामेश्वर बोहोराले भने, “ दर्ता गर्नेको भिड देख्दा अझै ५००० भन्दा बढीको नाम दर्ता गर्न बाकी छ । निर्वाचन आयोगले हामीलार्इ दुर्इ वटा मात्र ल्यापटप उपलब्ध गराएकाले हामीलार्इ काम गर्न अपथ्यारो परेको हो । यो हाम्रोमा मात्र समस्या होइन सबैतिर यस्तै देखिन्छ ।’’

यस्तो सामान्य समस्याले झेलिएको नगरपालिकाले नगरको समस्या कसरी उजागर गर्न सक्छन् भनेर आम जनताले सोच्ने अवस्था सिर्जना भएको छ । काम छिटो एवम् सहज ढङ्गले अगाडी बढाउनु पर्नेमा कर्मचारीहरूले काम गर्ने शैली नै समस्या ग्रस्त देखिन्छ । फारम भर्न खटिएका कर्मचारीहरूले समेत पर्याप्त तालिम नपाएको जस्तो देखिन्छ । नगरमा खटिने कर्मचारी दक्ष हुनुपर्नेमा कम्प्युटर चलाउन नसक्ने छन् । यसमा नगरपालिका र निवार्चन कार्यालयबीच तालमेलको अभाव भएको देखिन्छ ।

आयोगले साउन १ गतेदेखि १५ गतेसम्मका लागि मतदाता नामावली दर्ताको समय तोकेको थियो । भने, यसअघि सम्बन्धित जिल्ला भन्दा बाहिरैबाट मतदाता नामावलीमा नाम दर्ता गराउन सकिने भए पनि यस पटक सम्बन्धित जिल्लामै पुगेर दर्ता गर्नुपर्ने व्यवस्था गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *