ब्राजिलका मिडफिल्डर पउलिन्होलाई क्लब बार्सिलोनाले भित्र्याउने

काठमाडौं, साउन ३१ ।  बार्सिलोनाले ब्राजिलका मिडफिल्डर पउलिन्होलाई क्लब भित्र्याउने भएको छ । इंग्लिस क्लब टोटनह्यामका पूर्व मिडफिल्डर पउलिन्होलाई बार्सिलोनाले चिनियाँ क्लब ग्वान्झाउ एभरग्राण्डबाट चार करोड युरोमा क्लब भित्र्याउन सहमत भएको हो ।

 बार्सिलोनाले स्ट्राइकर नेइमारलाई विश्व कीर्तिमानी मूल्य २२ करोड युरोमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई बेचेपछि अनुबन्ध गर्न लागेको पउलिन्हो पहिलो खेलाडी हुन् ।

पउलिन्हो सन् २०१३ मा टोटनह्याममा अनुबन्धित भएका थिए । त्यसको दुई वर्षपछि उनी चिनियाँ क्लब गएका हुन् । बार्सिलोनामा बिहीबार पउलिन्होको मेडिकल हुनेछ, त्यसपछि सम्झौताले पूर्णता पाउने छ । पउलिन्होले ब्रालिको राष्ट्रिय टिमबाट ४१ गोल गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *