गाँजा र अफिमसहित दुईजना पक्राउ

हेटौंडा, साउन ३० । जिल्ला प्रहरी कार्यालय मकवानपुरले त्रिभुवन राजपथको लामीडाँडाबाट सोमबार हेटौंडातर्फ आइरहेको ना१६प ६५५२ नम्बरको मोटरसाइकलमा ल्याइएको २२ केजी ५२० ग्राम गाँजा र अफिम एक केजी २०० ग्रामसहित दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुर, भीमफेदी गाउँपालिका–९ का खड्गबहादुर मोक्तान र सुदीप लामा रहेको मकवानपुरका प्रहरी उपरीक्षक विश्वराज खनालले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *