बबरमहलतिर मधेसी नेताहरू : कोहीँ मोबाइलमा गेम खेल्दै,कोहीँ कुर्सीमा निदाउँदै

काठमाडौँ,साउन ३० । मधेसी जनताको हकहितका लागि जीउ ज्यान दिने नेताहरू चिया र बिस्कुट सभा गर्दै हाँसीमजाक गर्न व्यस्त छन्, राजपाको पार्टी कार्यालय भवन, बबरमहलतिर । मधेसको बाढी पीडितहरुको सवालमा मधेसी नेताहरू चिल्ला गाडी पार्टी कार्यालय बाहिर पार्किङ गरेर भित्र मस्त गफमा व्यस्त छन् । उनीहरूले कुनै मुख खोलेका छैनन् । सोमबार एक बजेदखि बसेको पार्टीको बैंठक चलिरहेपनि बैंठक या हाँसीमजका ठाउँ हो खुट्ट्याउन सकिने अवस्था छैन ।

बबरमहलस्थित राजपाको हलभित्र महेन्द्र राय यादव बाहेका पाँच अध्यक्षसहित केही कार्यकर्ता भेला भएका छन् । भवनभित्र छरपस्ट छरिएर मधेसी नेता तथा कार्यकर्ताहरू गफ चुटिरहेका छन् । दूध चियाँ र बिस्कुट चपाउँदै हल्ला गरिरहेका छन् । अहिलेसम्म बाढी पीडितको विषयमा कुनै यकिन जवाफ दिएका छैनन् । उनीहरूलाई मधेसको बाढीबारे कुनै प्रवाह नै छैन । निजामती भवनबाहिर कोही मोबाइलमा खेल खेल्ने त कोही नेता तथा कार्यकर्ताहरू कुर्सीमा उङग्दै बसेका छन् ।

दोस्रो तल्ला,अध्यक्षको कोठाभित्र महासचिव केशव झाले ‘आजको बैंठकले मधेसी सांसदहरुको एक महिनाको तलब मधेसका बाढी पीडितका लागि छुट्याउनेछ । मुख्य गरी यसैका लागि आज बैंठक बोलाइएको हो । हाम्रा केही कार्यकर्ता तराई झरिसकेका छन् ।’ आफू पनि एक छिन पछि पहिलो तल्लाको बैंठकमा झर्ने भन्दै मधेसमा सोमबारसम्म ६६ जनाले ज्यान गुमाएको र ५१ जना बेपत्ता रहेको उनले बताए ।

यससँगै गजेन्द्र नारायण सिंह सभाकक्षभित्र कार्यकर्ताका अगाडि लहरै पाँच जना पार्टी अध्यक्षहरु ड्यासमा बसिरहेका छन् । मधेसको बाढी र डुवानका विषयमा फेस टु फेस गर्न सह–अध्यक्ष लक्ष्मण लाल कर्णसहितका केही नेताहरूले आफ्नो राय दिने क्रम चलिरहेको छ । गर्मी मौसम भए पनि चिया नै उत्तम हुन्छ स्वास्थ्यका लागि भन्दै बाहिर कार्यकर्ताहरू जिस्किरहेका छन् । चार तल्ले निजामती कर्मचारी मधेस मञ्चको भवन राजपाले दुई तल्ला भाडामा लिएको हो । पार्टीले मासिक एक लाख २५ हजार दाम बुझाउँदै आएको छ ।

यातायात अवरोधका कारण आफूहरूले मधेसको बाढी पीडितका लागि भनेजस्तो भौतिक सेवा दिन नसकेको महासचिव झाको तर्क छ । ‘हामीले आर्थिक भन्दा पनि भौतिक सेवा दिइरहेका छौँ । तर,यातायात अवरोधका कारण पर्याप्त मात्रामा त्यो सुविधा पुगेको छैन ।’उनले भने ‘मधेसको बाढी र डुबान लगायतका विषयमा राजपाले आज मुख खोल्छ ।’

सायद नजान सक्छु
भोलि मङ्गलवार संसद्मा संविधान संशोधन विषयमा छलफल हुँदै छ । यसकारण आफू बाढीले डुवानमा परेको मधेस झर्न नसक्ने बताउँदै उल्लेख्य मात्रामा कार्यकर्ता परिचालन गरेको महासचिव केशव झाले जानकारी गराए ।‘त्यहाँ हाम्रा कार्यकर्ताहरू उल्लेख्य मात्रामा परिचालन भएका छन् । तर, पुरै मधेस डुवानका कारण त्यस्तो खालको राहत वितरण गर्न सकिरहेका छैनौँ । मधेसमा के हुँदैछ भनेर छिन छिनमा अपडेट भइरहेका छौँ । सप्तरीको पानीको बहाब भन्दापनि त्यहाँका साना नदीहरुका कारण पुरै मधेस त्रसित रहेको छ । हामीले सुनेअनुसार हिजो नै सरकारले सांसदहरुले एक महिनाको तलब भत्ता मधेसको बाढी पीडितको लागि वितरण गरेको रहेछ । अब, हामी पनि त्यसै गर्छाैँ । यसको टुङगो आज नै लाग्छ । ’ उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *