संसारकै अग्ली बेहुली बन्दै एलिसेनी

एजेन्सी । ब्राजिलियन युवती एलिसेनी डा क्रुजले बिहे गर्ने भएकी छन् । उनको लम्बाई ६ फुट ८ इन्च रहेको छ । २० वर्षकी एलिसेनीले छिटै बिहे पनि गर्दैछिन् र उनी दुनियाकै सबैभन्दा अग्ली बेहुली बन्नेछिन् ।

तपार्इले सोच्नुभयो होला, एलिसेनीले आफुजस्तै अग्लो बेहुलो रोजिन् भन्ने तर तपाईं गलत हुनुहुन्छ । पेशाले निर्माण मजदुर रहेका उनका हुनेवाला बेहुला फ्राकिनाल्डो उनीभन्दा १ फुट चार इन्च होचा छन् ।

एलिसेनी र फ्राकिनाल्डो तीन वर्षदेखि प्रेम सम्बन्धमा छन् र पछिल्लो एक वर्षदेखि लिभ इन रिलेसनमा । अब उनीहरुले बिहे गर्ने निधो गरिसकेका छन् । बिहेसँगै एलिसेनीले दुनियाकै अग्ली बेहुलीको कीर्तिमान राख्नेछिन् ।

एलिसेनीको शरीर त्यति अग्लो हुनुको खास कारण चाहीँ ट्युमर रहेछ । उनी पिट्युटरी ग्रन्थीको ट्युमरबाट पीडित छिन् । जसका कारण उनको जीउको उचाई लगातार बढिरह्यो । उनलाई आफ्नो उचाईका कारण समस्या भोग्नुपर्यो । उनले मोडलिङ गर्ने सोच राखिन् तर सफलता मिलेन । तर, अन्ततः आफ्नो जिवनसाथी फेला परेपछि चाहीँ उनी निकै खुसी छिन् । आफू बिहेको उत्कट चाहना र प्रतीक्षामा रहेको उनी बताउँछिन् ।

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *