आज साउनको अन्तिम सोमबार, देशभरका शिवालयमा घुइँचो

साउन ३०, काठमाडौं । आज साउन महिनाको अन्तिम सोमबार, हरेक सोमबार जस्तै आज पनि शिवालयहरुमा श्रद्धालुको घुइँचो छ ।

व्रतालु महिलाहरुले आज विधिपूर्वक व्रत समाप्त गर्दछन् । साउन महिनाको हरेक सोमबार व्रत बसेर शिवको पूजा गर्नाले पतिको दिर्घायू र सुखशान्ति मिल्ने धार्मिक विश्वास छ ।

साउन महिनाको अन्तिम सोमबारको व्रत समाप्त गर्नेहरुको पशुपति, डोलेश्वर, कुम्भेश्वर, देवघाट, त्रिवेणी लगायतका क्षेत्रमा ठूलो घुइँचो लागेको छ ।

यस वर्षको साउन महिनामा पाँचवटा सोमबार परे । पाँचवटा सोमबार परेको महिनालाई अझै पवित्र र शुभ मानिन्छ । साउन महिनाको सोमबारलाई शिवको प्यारो दिन भन्ने गरिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *