हेर्दा हेर्दै धान खेत बगरमा परिणत भएपछि…

साउन २९, बझाङ । खहरे खोलामा आएको बाढीले ६० परिवारको धानबाली नष्ट गरेको छ । भने, बाढीले बगाएर ल्याएको माटो र ढुङ्गाले पुरिएर ३ सय रोपनी भन्दा बढी धान खेत बगरमा परिणत भएको छ । जयपृथ्वी नगरपालिका–४ को गोलाई जिउलामा बाढी पस्दा समस्या भएको हो । लगातारको वर्षापछि ढाङ्ग्री खोलामा आएको बाढीले धानसहित खेत समेत बगाएपछि किसानहरु चिन्तित बनेका छन् ।

‘वर्ष भरी खान पुग्ने धान पनि बगायो । खेत पनि बाँकी रहेन’ स्थानीय बासिन्दा नरेन्द्र खातीले भन्नुभयो ‘खेती कै भरमा गुजरा चलाइरहेका ६० परिवार हेर्दा हेर्दै सुकुम्बासी भयौ ।’ भए भरको धान खेत बाढीले बगाएपछि यहाँका स्थानीय बासिन्दामा अब के खाने ? कसरी गुजरा गर्ने ? भन्ने चिन्ता छ ।

यस वर्ष पानकोट कैलाश सडक निमार्णका क्रममा खोलाको विभिन्न ठाउँमा डोजरले थुपारेको माटो र ढुङ्गाले खोलाको बहाव परिर्वतन गरेको र ढुङ्गा र माटो खोलाले बगाएर खेतमा थुपारेको स्थानीय बासिन्दा विनोद सिंहले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *