परराष्ट्रमन्त्री महराले भारतसँग सप्तरीको बाँध खोल्न पटक पटक आग्रह गरेपनि टेरेन

काठमाडौँ ,साउन २९ । भारतसँग नेपालले सप्तकोशी बाँधको ढोका खोल्न आग्रह गरे पनि नसुनेझै गरेर अनौठो हर्कत देखाएको छ ।

तीन दिन देखि परेको अविरल वर्षाले तराईका जिल्ला बाढीले मानवीय र धनजनको क्षति पुर्याएसँगै परराष्ट्रमन्त्री कृष्णबहादुर महराले सत्पकोशी बाधका ढोका खोल्न कुटनीतिक पहल थालेपनि भारतले आनाकानी गरिरहेको छ ।

देशभर बाढी पहिरोबाट मृत्यु हुनेको सङ्ख्या दर्जनौँ पुगिसकेको छ । सयौँ बेपत्ता छन् । यससँगै सप्तकोषी नदीमा पानीको बहाव बढ्दै छ । खतराको सङ्केतभन्दा चुलिँरहेको छ । यदि केही कारणबश सप्तकोशीको बाध फुट्यो भने त्यसले विध्वंस मच्चाउने छ ।

यस विषयमा मन्त्रीमहराले भारतीय राजदूतावास सँग काठमाडौँमा र दिल्लीस्थित दूतावासले भरतीय विदेश मन्त्रालयमा सप्तकोशीको बाधको ढोका खोल्न आग्रह गरे पनि ५६ मध्ये ३७ वटा ढोका मात्र खोलिदिएको छ । अरू ढोका खोल्ने या नखोल्ने कुनै जवाफ दिएको छैन । यसअघि सबै ढोका खोले भारतीय क्षेत्रमा ठुलो नोक्सानी पुर्‍याउने बताइएको थियो ।

भारतका लागि नेपाली राजदूत स्वदेशमै छने । उनले पनि आफ्नो तर्फबाट सक्दो प्रयास गरिरहेकको बताइन्छ । तर, भारतले कुनै ठोस जवाफ दिएको छैन । जानकारवालाहरु भन्छन्–‘भारतले बाँधका सुरक्षा उपस्थिति खोजेको छ र यस्तै विपतका बेला दबाब बनाएर आफ्नो योजना पुरा गर्न चाहेको छ ।’ भारतले कोसीमै अर्को उच्च बाँध बनाउन चाहेको र ढोका नखोलेर नेपाल सरकार र दलहरुमाथि दबाब दिइरहेको जानकारहरु बताउँछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *