बार्सिलोना र रियल म्याड्रिड आज भिडदै

एजेन्सी । सुपर कपको पहिलो लेगमा चिर प्रतिद्वन्द्वि बार्सिलोना र रियल म्याड्रिड आइतबार भिडदै छन् । आइतबार यी दुई टोलीबीच सिजनको पहिलो ‘एल क्लासिको’ हुँदैछ । सुपर कपको दोस्रो लेग बुधबार हुँनेछ । सन् २०१२ पछि पहिलो पटक यी दुई टोली सुपर कपमा भिड्दैछन् ।

शनिबार रियलले अभ्यास गर्दा क्रिस्टियानो रोनाल्डो पनि सामेल भएका थिए । कन्फेडेरेसन कपपछि रोनाल्डो लामो समय विदामा बसेका थिए । अघिल्लो साता म्यानचेस्टर युनाइटेडविरुद्धको युइएफए सुपर कपको फाइनलमा मात्र ७ मिनेट उत्रेका थिए । सुपर कप रियलले २–१ ले जितेको थियो ।

आइतबारको खेल अघि रोनाल्डोले छोरीसँगको फोटो इन्स्टाग्राममा पोस्ट गरेका छन् । एल क्लासिकोका विषयमा रियलका प्रशिक्षक जिनेदिन जिदानले भने, ‘रोनाल्डोले तिन दिन देखि मात्र अभ्यास गरेका छन् । तर, पनि उनी ठिक छन् र हामी आइतबारको खेलका बारेमा सोचिरहेका छौं ।’

मंगलबार युनाइटेडलाई हराएपछि जिदानले यो सिजन बढी भन्दा बढी सफलताका लागि प्रयास गर्ने बताएका थिए । ‘हामीसँग एक सय एक प्रतिभावान खेलाडी छन् ’ जिदानले भनेका थिए, ‘हामी एकदम भोकाएका छौं । हामी बढी भन्दा बढी उपाधि जित्न चाहन्छौं ।’

गेराथ बेलको सरुवाका बारेमा अनेक शंका गरिएपनि उनी युनाइटेड विरुद्धको खेलमा उत्रिएका थिए । बेलको सरुवाका बारेमा सबैभन्दा बढी चर्चा युनाइटेडका प्रशिक्षक जोसे माउरिन्होले गरेका थिए । टोलीका मिडफिल्डर इस्कोले हालै क्लबसँग नयाँ सम्झौता गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *