देशैभर आइतबार सम्म बर्षा हुने, सतर्क रहन मौसम पूर्वानुमान महाशाखाको आग्रह

काठमाडौं, साउन २८ । जल तथा मौसम विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले देशैभर मनसुन सक्रिय रहेको भन्दै बर्षा हुने क्रम आइतबार (भोलि)सम्मै जारी रहने जनाएको छ ।

अहिले मनसून न्यून चापीय रेखा नेपालको पहाडी क्षेत्र नजिकै रहेको र न्यून चापीय प्रणाली मध्ये तथा आसपासका भागहरुमा सक्रिय रहेको जनाइएको छ ।

जसका कारण देशैभर मनसूनी गतिबिधि सक्रिय अवस्थामा रहेको र देशका अधिकांश स्थानहरुमा शुक्रबार (हिजो)देखि वर्षा भईरहेको महाशाखाले जनाएको छ ।

देशका केही स्थानहरुमा भने भारी वर्षाको संभावना रहेको भन्दै महाशाखाले आइतबार (भोली) पनि मनसुनी गतिविधि देश भरि नै सक्रिय रहने जनाएको हो । महाशाखाले तटीय क्षेत्रका वासिन्दालाई उच्च सतर्क अवस्थामा रहन पनि आग्रह गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *