पूर्व-पश्चिम राजमार्गको दाउन्नेमा सडक भासियो, सडक पूर्ण रुपमा अवरुद्ध

२०७४ जेठ १५ गते

“
नवलपरासी, साउन २८ । शुक्रबार रातिदेखि अवरुद्ध बनेको पूर्वपश्चिम राजमार्गअन्तरर्गत नवलपरासीको दाउन्ने सडकखण्ड तत्काल सञ्चालनमा आउन नसक्ने भएको छ ।
बुटवल-नारायणगढ सडकको बर्दघाटदेखि दुम्किवाससम्म ७ भन्दा बढी स्थानमा गएको पहिरो हटाउन नपाउँदै सडक करिब ३५ मिटर ओरालोमा भाँसिन गएपछि अवरुद्ध सडक तत्काल सञ्चालनमा आउन सम्भव नभएको नवलपरासीका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले बताए ।
नयाँ ट्रयाक खोल्न सो स्थानमा दुई वटा डोजर र जेसिभी लगाएर कामलाई तिव्रता दिए पनि एकतर्फी सडक सञ्चालन हुन करिब ५/६ घण्टा लाग्ने उनले जानकारी दिए ।
सडक अवरुद्ध भएपछि सयौं सवारीसाधन दुम्किवास र बर्दघाटमा रोकिएका छन् । वर्षाले जिल्लाका विभिन्न स्थान डुबानमा पर्न सक्ने भन्दै जिल्ला दैविप्रकोप उद्दार समितिले सजगता अपनाउन आग्रह गरेको छ ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित