जिल्ला समन्वय समिति बझाङमा एमालेको प्यानल नै विजयी

बझाङ, साउन २७ ।  जिल्ला समन्वय समिती बझाङमा एमालेको  प्यानल बिजयी भएको छ । अरु पार्टीले मनोनयन दर्ता नगरेपछि नेकपा एमालेको प्यानल नै र्निविरोध विजयी भएको हो । जिल्लामा रहेका २ नगरपालिका र १० वटा गाउपालिका गरी १२ वटा स्थानिय निकाय रहेका छन ।  जयमध्य ४ वटामा काँग्रेसले विजयी हात पारेको थियो भने ८ वटा स्थानिय तहमा एमाले विजयी भएको थियो ।

जिल्ला समन्मय समितिमा एमालेको एकलौटी बहुमत देखिएपछि काँग्रेसले पनि उम्मेदवारी नै नदिएको जनाएको छ ।  जिल्ला समन्मय समितिको संयोजकमा नेकपा एमालेका खडक खडका र उपसंयोजकमा भागरथी अवस्थी जोशी लगाएत ९ सदस्य समिति चयन भएको छ । निर्विरोध चयन भएका सम्पूर्ण जिल्ला समन्वय समितिका पदाधिकारीलाई आजै सपत ग्रहण गरी पदवहाली पनि भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *