बिमस्टेक प्रतिनिधि द्वारा आज चन्द्रागिरि भ्रमण
“
काठमाडौं, साउन २७ । बहुक्षेत्रीय प्राविधिक तथाआर्थिक सहयोगका लागिबंगालको खाडीको प्रयास (बिमस्टेक) बैठकमा सहभागीहुन काठमाण्डौ आएका विशिष्ट व्यक्तिहरुको समूहले आज रिट्रीटको सिलशिला मा चन्द्रागिरि केबलकारको भ्रमण गर्नुभएको छ ।
अनौपचारिक भ्रमणको क्रममा रहेको समुहलाई चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्षश्री चन्द्र प्रसाद ढकाल तथा संचालकहरुश्री हेमराज ढकाल, श्री अम्बिका प्रसादपौडेल, श्री नवराज नेपाल र श्री कल्याण गुरुङ्गले स्वागतगर्दै परियोजनाको स्थलगत भ्रमण गराउनुभएको थियो ।
अनौपचारिक भ्रमण समूहलाई नेपालका उपप्रधानमन्त्री एवं परराष्ट्र मन्त्रीश्री कृष्ण बहादुर महारा, भुट्नीजविदेश मन्त्रीदाम्चो दोर्जी र म्यानमारका विदेश राज्यमन्त्रीच्वेँ टेँले नेतृत्वगर्नुभएको थियो । भ्रमणमा सहभागी भुटान र म्यानमारका मन्त्रीज्यूहरुले चन्द्रागिरि आइपुग्दा संसारकै उच्च स्थानमा आइपुगेको अनुभव गरेको प्रतिक्रियादिदै आगामी दिनमा सपरिवार भ्रमण गर्ने इच्छा रहेको बताउनुभयो ।
चन्द्रागिरि भ्रमण बारे प्रतिक्रिया दिदै उपप्रधानमन्त्रीएवं परराष्ट्र मन्त्रीश्री कृष्ण बहादुर महराले चन्द्रागिरि हिल्स लिमिटेडले नेपालको पर्यटकीय विकासमा ठूलो योगदान पु¥याएकोबताउनुभयो ।साथै चन्द्रागिरि हिल्सका सम्पूर्ण परिवारलाई समेत धन्यवाद दिनुभयो ।
ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्व बोकेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हल लगायत का पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमाविकास गरिरहेको छ ।
“