एमालेले संविधान संसोधनमा सघाउने राजपा नेताको विश्वास

काठमाडौं, साउन २७ । राष्ट्रिय जनता पार्टीका नेता महेन्द्र राय यादवले संविधान संशोधन प्रस्ताव पारित हुने विश्वास व्यक्त गर्नुभएको छ । एमाले लगायतका असन्तुष्ट देखिएका दलहरू पनि प्रस्तावको पक्षमा आउने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

आज रिर्पोटस क्लवमा आयोजित कार्यक्रममा उहाँले एमालेले बाहिर,बाहिर जे धारणा सार्वजनिक गरेपनि भित्र, भित्र सहमतिको पक्षमा आइसकेको जानकारी दिनुभयो । संशोधन प्रस्ताव सहमतिको दस्तावेज भएकाले आफूहरू पनि लचिलो बनेको उहाँको भनाई थियो । देशको हितका लागि लचिलो भएर जानुको विकल्प नभएको यादवले बताउनुभयो ।

कसैले पनि मेरो गोरूको बा¥है टक्का गर्न नहुने भन्दै सहमतिबाट अगाडी बढ्नुको विकल्प नभएको उहाँको धारणा थियो । सरकारले तीन बुँदे सम्झौतालाई कार्यान्वयन गर्ने भन्दै आएकोमा सर्वोच्च अदालतले पछिल्लो समय गरेको निर्णयले सहमतिको नयाँ ढोका खोलेको बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *