‘काम नलाग्ने मानिसहरुको फोटो झुण्ड्याएर फाइदा छैन, तत्काल हटाइन्छ’

काठमाडौं, साउन २७ । राप्रपा अध्यक्ष कमल थापाले काम नलाग्ने मानिसहरुको फोटो भित्तामा झुण्ड्याउनु उपयुक्त नभएको भन्दै राप्रपा (प्रजातान्त्रिक)अध्यक्ष पशुपतिशम्शेर राणाको फोटो हटाउँने भएका छन् ।

‘७० बर्षीय बयोबृद्ध राणाले पार्टीको १६ वर्षसम्म अध्यक्ष भएर कामकारबाही चलाए । अब उहाँले कुनै पनि पार्टीको नेतृत्व गर्न सक्दैनन् । हामीले चाहेर पनि उनको फोटो राप्रपाको कार्यालयको भित्तामका झुण्ड्याउन सक्दैनौँ । पार्टी छाडेर हिँडेको व्यक्तिको तस्वीर झुण्ड्याउन मिल्दैन ।’ अध्यक्ष थापाको भनाई उद्धृत गर्दै स्रोतले भन्यो ।

यससँगै,अध्यक्ष थापाले आफूलाई भगवानले बचाएको समेत बताएका छन् । हिन्दूवादी पार्टी राप्रपा अध्यक्षले भगवानको नाम जप्नु सामान्य नै हो तर आफूले पार्टीलाई ग्रेटर बनाउँदा खोज्दा भगवानले साथ दिएको टिप्पणी गरेका छन् । ‘म आपराधिक प्रवृत्तिहरुको घेरामा परेको थिएँ, त्यसबाट मलाई भगवानले नै मुक्त गरिदिनुभयो । धन्यवाद ।’उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *