यसरी मृत्यु पश्चात एकाउन्ट अपडेट वा डिलिट गर्न सकिने

एजेन्सी । हामी सबैजसोले फेसबुक चलाउँदै आएका छौं । कसैले यसका अधिकांश सुविधा तथा विशेषताबारे थाहा पाएका छौं भने केहीले थाहा नपाएको पनि हुन सक्छ । फेसबुकमा अनेकौं फिचर लुकेका हुन्छन् जुन सामान्य प्रयोगमा थाहा हुँदैन । फेसबुकमा एउटा सुविधा छ जो प्रयोगकर्ताको निधनसँग सम्बन्धीत छ । यो एक सेटिङ हो जसले प्रयोगकर्ताको निधनपछि एकाउन्ट अपडेट नै राख्ने वा सधैंका लागि डिलिट गर्ने भन्ने निर्धारण गर्छ ।

एकाउन्ट अपडेट राख्ने सेटिङ गर्न सजिलो छ । फेसबुक एकाउन्टको सेटिङ्स (Settings) मा गएर जेनरल (General) मा जाने । त्यहाँ म्यानेज  (Manage Account) एकाउन्टमा गएर योर लिगेसी कन्ट्याक्ट (Your Legacy Contact) को विकल्प छान्ने ।

त्यसको तलपट्टि चुज अ फ्रेन्ड (choose a friend) विकल्प देखिन्छ । यसमा प्रयोगकर्ताले आफ्नो कुनै पनि साथीलाई एड (Add) गर्न सक्नेछन् जसले आफ्नो निधनपछि एकाउन्ट अपडेट गरिदिन्छन् । एड (Add) मा साथीको नाम राखेपछि उक्त साथीलाई म्यासेज जानेछ । उक्त साथीले फोटा अपडेट गर्न सक्नेछन तर एकाउन्ट लगइन र पोस्टहरु सेयर गर्न भने सक्नेछैन ।

त्यस्तै, निधनपछि एकाउन्ट सधैंको लागि हटोस् भन्ने हो भने यसका लागि सेटिङ्स (Settings) बाट योर लिगेसी कन्ट्याक्ट (Your Legacy Contact) सम्म पुग्ने । त्यसको तल रिक्वेस्ट एकाउन्ट डिलिटेसन (Request Account Deletion ) मा क्लिक गर्ने । अब डिलिट आफ्टर डेथ (Delete after Death) विकल्पमा क्लिक गर्ने ।

यति गरेपछि यहाँ आफ्नो निधनपछि एकाउन्ट सधैंका लागि डिलिट गरिनेछ भन्ने एक म्यासेज आउनेछ । यसका लागि फेसबुकलाई जानकारी दिनुपर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *