हरेक संघसंस्थालाई गाउँपालिकामा दर्ता हुन प्रमुखको अनुरोध

सल्यान,साउन २७ । कपुरकोट गाउँपालिकाका प्रमुख भीमबहादुर सेनले गाउँपालिका भित्र रहेका हरेक संघसंस्थालाई उद्देश्य अनुरुप चल्न र गाउँपालिकामा दर्ता हुन आग्रह गर्नुभएको छ ।

सेनले हरेक संघसंस्था गाउँपालिकाको नियम भित्र आउनुपर्ने भन्दै उहाँले गरिब र विपन्न वर्गका मानिसको उन्नतीका लागि क्रियाशिल हुनुपर्ने बताउनुभएको हो । उहाँले भन्नुभयो, – ‘यस क्षेत्रका हरेक संघसंस्था तथा संचार माध्ययमले जनतासँग प्रत्यक्ष सरोकार राख्ने, विकास र समृद्धिमा टेवा पु¥याउने खालका कार्यक्रम संचालन गर्नुपर्छ ।

’गाउँपालिका प्रमुख सेनले प्राप्त अधिकारको समुचित प्रयोगबाट गाउँपालिका क्षेत्रभित्रको विकास, सेवा प्रवाह र जनउत्तरदायि र जवाफदेही सरकारको प्रत्याभूति हुने गरी कपुरकोट गाउँपालिकाले काम गर्ने प्रतिवद्धता पनि जनाउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *