४ हजार बढिले मतदाता नामावलीमा नाम दर्ता गराए

सोलुखुम्बु, साउन २७ । सोलुखुम्बुका नागरीकले उत्साहजनक रुपमा मतदाता नामावलीमा नाम दर्ता गराईरहेका छन् । जिल्ला निर्वाचन कार्यालय सल्लेरी तथा स्थानीय तह गाउँपालिकाको केन्द्रमा पनि नाम दर्ता गराउन नागरीक सहभागिता राम्रो रहेको सम्बन्धित गाउँपालिकाका प्रमुखहरुले जानकारी दिनुभएको छ । जिल्ला निर्वाचन कार्यालय सोलुखुम्बुले दिएको जानकारी अनुसार बिहीबारसम्म ४ हजार २ सय ६४ जनाले फोटोसहितको मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराएका छन् ।

गत साउन १ गतेदेखि २५ गतेसम्मको जिल्ला तथा गाउँपालिकाको रेकर्ड अनुसार १९ सय २४ जना महिला र २३ सय ४० जना पुरुष गरी उक्त संख्यामा नाम दर्ता गर्ने काम भएको हो ।जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले नागरीकता वितरण शिविर पनि गाउँपालिकाका केन्द्रमा जारी राखेकाले नागरीकता पाएपछि नागरीकले फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गराउने क्रम जारी रहेको छ ।

गाउँपालिकाको केन्द्रमा साउन ३२ गतेसम्म नाम दर्ता गराउन सकिनेछ । प्रदेश र संघको निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगले मतदाता नामावली दर्ता तथा अध्यावधिक गर्ने कार्य गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *