सुपरस्टार नायक सलमान अब खलनायक

काठमाडौं, साउन २७ । बलिउडका दबंग स्टार सलमान खान नयाँ फिल्ममा खलनायक (भिलेन)को भूमिकामा देखिने भएका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार सलमान ‘रेस–३’ चलचित्रमा खलनायकको भूमिकामा देखिने भएका हुन् । बलिउडमा चर्चा छ कि सलमान खान ‘रेस’ फिल्मको तेस्रो संस्करण ‘रेस–३’मा काम गर्न सक्छन् ।

निर्माता रमेश तौरानीको फिल्म ‘रेस–३’मा सलमान स्टाइलिस खलनायकको भूमिकामा देखिने छन् । रमेश तोरानी पछिल्ला चार वर्षदेखि सलमानलाई ‘रेस’मा काम गर्नका लागि मनाउने कोशिष गरिरहेका थिए । आखिरमा उनले त्यसमा सफलता पनि प्राप्त गरेका छन् ।

सलमानले रमेशको प्रस्ताव स्वीकार गरिसकेका छन् । तर ‘रेस’मा काम गर्नका लागि उनले छुट्टै सर्त अगाडि सारेका छन् । सलमानको सर्त निर्माण पक्षले स्वीकार गरेको जनाइएको छ ।

सलमानको सर्त छ कि फिल्मको निर्देशन रेमो डिसुजाले गर्नुपर्ने छ । जसले ‘डान्सिङ ड्याड’मा सलमानसँग काम गर्नेवाला थिए । तर उनले आफ्नो उक्त प्रोजेक्टलाई थाती राखेर ‘रेस–३’मा काम गर्नेछन् ।

यसअगाडि ‘रेस’का दुईवटा भाग निर्देशक जोडी अब्बास–मस्तानले गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *