यी भिडियो अब युट्युबमा हेर्न पाइने छैनन्

एजेन्सी । भिडियो शेयरिङ साइटले आफ्नो नियम परिवर्तन गरेको छ । यस अघि हेर्न पाइने भिडियो पनि अब हेर्न पाइने छैन । अब युट्युबमा प्रतिबन्ध लगाइएका भिडियो सर्च गरिएमा अर्कै भिडियोमा रिडाइरेक्ट गरिनेछ ।

युट्युबले अहिले हिंस्रक भिडियोमा प्रतिबन्ध लगाएको हो । अब यदि कसैले आइएसआइएसका भिडियो सर्च गरेमा आतंकवादबाट पीडित व्यक्तिहरूको भिडियो आउनेछन् । कम्पनीले आधिकारिक बयानमा भनेको छ ‘ठुलो सङ्ख्यामा मानिसहरूले आइएसआइएसको भिडियो सर्च गर्न थालेका छन् । उनीहरूको दिमाग डाइभर्ट गर्नको लागि यस्तो नीति ल्याइएको हो ।’

कम्पनीका अनुसार यदि कसैले आइएसआइएसमा भर्ती हुने तरिकाको बारेमा खोज्यो भने कम्पनीको नीति अनुसार त्यसको खण्डन गर्ने भिडियोहरु देखाइने छन् । पछिल्लो समय युट्युबमा आइएसआइएससँग सम्बन्धित भिडियो सर्च गर्ने र आतंकवादतर्फ आकर्षित हुने बढेको युट्युबले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *