छोरीमाथि ६ सय पटक भन्दा बढी यौन हिंसा

साउन २६, मकालु खबर । एक मलेसियाली नागरिकमाथि छोरीलाई ६ सय पटक भन्दा बढी यौन हिंसा गरेको आरोप लागेको छ । यदि उनको आरोप प्रमाणित भएमा १२ हजार वर्षभन्दा बढी समय जेल सजाय पाउने छन् । अदालतका अधिकारीहरुलाई ३६ वर्षका ती व्यक्तिविरुद्ध लागेको ६ सय २६ आरोपहरु पढ्नका लागि दुई दिन लागको थियो ।

उनीविरुद्ध १५ वर्षकी छोरीमाथि ५ सय ९९ पटक गुदामैथुनको आरोपसहित हाडनाता करणी, बलात्कार र यौन अपराधका आरोप लागेको छ । खैरो टिशर्ट र निलो ट्राउजरमा उपस्थित भएका ती व्यक्ति आफूविरुद्धको आरोप अदालतमा पढिएको समयमा शान्त देखिन्थे । उनले आफू निर्दोष भएको दाबी गरेपनि अदालतले मुद्दा अगाडि बढाएको गल्फ न्यूजले जनाएको छ ।

‘उनले १२ हजार वर्षभन्दा बढी जेल सजाय भोग्नुपर्नेछ’ सरकारी वकिल ऐइमी स्याजवानीले एएफपीलाई बताएको खबरमा उल्लेख छ । मलेसियामा भर्खरै मात्रै बालबालिका विरुद्ध हुने यौन हिंसालाई हेर्ने विशेष अदालत स्थापना भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *