रक्सीले ढुन्मुनिदै सञ्जय श्रीदेवीको कोठामा जाँदा…


एजेन्सी । बलिउडका ‘खलनायक’ सञ्जय दत्त कुनै न कुनै विवादमा लिप्त रहन्छन् । केही समयअघि उनी जेलको सजाय पूरा गरेर बाहिर आएका छन् । तर विवादमा घेरिरहने भएपनि सञ्जयलाई दर्शकहरूले माया गरिरहन्छन् ।
सञ्जयका अनेकौं विवादमध्ये श्रीदेवीसँगको विवाद पनि एक हो । सन् १९८३ मा ‘हिम्मतवाला’ फिल्मको शूटिङ चलिरहँदा सञ्जय दत्त रक्सीको नशामा श्रीदेवी बसेको कोठामा पसेका थिए ।
दुवैजना त्यस समयमा खुबै लोकप्रिय थिए । सञ्जयको यो हर्कत देखेर श्रीदेवी तर्सिइन् । उनले सञ्जयसँग जिन्दगीमा कहिल्यै पनि काम नगर्ने बताइन् ।
सञ्जय दत्त खासमा श्रीदेवीका ठूला फ्यान थिए । श्रीदेवीको फिल्मको शूटिङ चलिरहेको छ भन्ने थाहा पाएपछि उनी शूटिङ स्पटमा पुगेका थिए तर नशामा ढुन्मुनिँदै ।


उनलाई त्यतिखेरैबाट ड्रग्स लिने बानी पनि परेको थियो । सेटमा पुग्दा श्रीदेवीलाई नदेखेर सञ्जय सिधै कोठामा घुसेका थिए ।
सञ्जयलाई यस्तो हालतमा देखेर श्रीदेवी नराम्ररी तर्सिइन् र सञ्जयसँग कहिल्यै काम नगर्ने कसम खाइन् ।
तर पछि उनीहरुले ‘गुमराह’ नामक फिल्म खेले ।

संजय दत्तको आगामी चलचित्र ‘भूमि’ चलचित्र २२ सेप्टेम्बरमा रिलिज हुँदैछ । जेलबाट आएपछि संजय दत्त यो चलचित्रमार्फत ठूलो पर्दामा पुनरागमन गर्दैछन् । यो चलचित्रमा संजयसँगै अदिती राव हैदरी मुख्य भूमिकामा देखिनेछिन् ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *