रेष्टुरेन्टको यो कस्तो स्किम : ठूला स्तन हुनेलाई भारी छुट !

एजेन्सी । भनिन्छ नि, बाँच्नुपर्छ के–के देख्न, सुन्न र पढ्न पाइन्छ । फेरि एउटा अचम्मको खबर आएको छ । यो चीनको खबर हो । चिनको झेङजियाङ प्रान्तको हाङझोउ ट्रेन्डी स्रिम्प रेष्टुरेन्टले ब्राको साइज अनुसार महिला ग्राहकलाई छुट दिने विज्ञापन नै सार्वजनिक गरेपछि विश्वभर चर्चा भएको छ । रेष्टुरेन्टको यस्तो स्किम विवादमा तानिएको छ ।

रेष्टुरेन्टको विज्ञापनमा ब्रा र पेन्टीमा सजिएर लामबद्ध उभिएका महिलाको कार्टुन देख्न सकिन्छ । विज्ञापनमा ‘सम्पूर्ण सहरले स्तन खोजिरहेको’ नारा पनि लेखिएको छ । महिलाको कप साइजमा रेष्टुरेन्टको छुट निर्भर हुने र सबैभन्दा ठूला स्तन हुने युवतीले भारी छुट पाउने विज्ञापनमा स्पष्ट पारिएको छ ।

यो विज्ञापनले अश्लीलता चित्रण गरेको र महिलाप्रति विभेद गरेको भन्दै स्थानीयले विरोध जनाएका छन् । पहिलोपटक अगस्टको पहिलो साता सार्वजनिक गरिएको यो विज्ञापनको विरोध भएपछि अहिले भने हटाइएको छ । अश्लीलतालाई प्रोत्साहन गरेको भन्दै स्थानीयले रेस्टुरेन्टविरुद्ध स्थानीय परिषद्मा उजुरी गरेको चीनको क्वान्जियाङ्य इभिनिङ पोस्टले जनाएको छ ।


नयाँ रणनीतिअनुसार नयाँ प्रवृत्तिको विज्ञापन गरिएको ट्रेन्डी स्रिम्पका महाप्रबन्ध लान सेङगाङले बताएका छन् । ‘विज्ञापनमा ब्रा र पेन्टीको कार्टुनमा महिलालाई चित्रण गरेपछि ग्राहकको संख्या २० प्रतिशतले बढेको छ । केही युवतीहरूले हाम्रो रेस्टुरेन्टमा आउन पाउँदा गौरवान्वित महसुस गरेका छन् । लुकाउनुपर्ने कुरा केही छैन,’ उनले दाबी गरेका छन् ।

युवतीहरूलाई रेस्टुरेन्टका मालिक र पुरुष कर्मचारीले स्तनको आकार नाप्न बाध्य पार्ने भने छैनन् । बरु होटेलमा खटिएका महिला वेटरले एउटा फित्ताले सावधानीपूर्वक महिलाका स्तनको आकार मापन गर्नेछन्, ताकी उनीहरूले कुनै प्रकारको लाज अनुभूति गर्न नपरोस् ।

चीनमा स्तनको आकारका आधारमा रेस्टुरेन्टले युवतीलाई छुट दिने घोषणा गरेको यो पहिलोपटक भने होइन । सन् २०१५ मा हेनान प्रान्तको एउटा रेस्टुरेन्टले सुन्दर र सेक्सी महिलालाई छुट दिने बम्पर योजना ल्याएको थियो । त्यसअघि सोही प्रान्तको एउटा रेस्टुरेन्टले मोटा पुरुष र पातला महिलालाई विशेष छुट दिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *