बालविवाह विरुद्धको राष्ट्रिय अभियान आजबाट सुरु हुँदै, राष्ट्रपतिले उद्घाटन गर्ने

काठमाडौं, साउन २६ । ‘नेपाली जुटौं, बालविवाह रोकौं’ भन्ने नारासहित बालविवाह विरुद्धको राष्ट्रिय अभियान आजबाट सुरु हुँदैछ । राष्ट्रिय अभियानको राष्ट्रपति विद्यादेवी भण्डारीले आज विशेष समारोहका बीच उद्घाटन गर्नुहुनेछ । विहान ११ बजे राजधानीमा हुने विशेष समारोहमा सांसदहरु, कुटनीतिक नियोगका पदाधिकारी, मन्त्री तथा सरकारी उच्च अधिकारी, बालबालिकाको क्षेत्रमा कार्यरत अधिकारकर्मी, सञ्चारकर्मी लगाएतको उपस्थिति रहने छ ।

नेपाल बालविवाह हुने एशियाली देशहरुमा तेश्रो स्थानमा छ । यस्तो कहाली लाग्दो अवस्थाको अन्त्य गर्न अभियान सुरु गर्न लागिएको अकोराबका अध्यक्ष सुवास खतिवडाले जानकारी दिनुभयो । बालविवाहको चोट सहेकालाई समृद्ध बनाउनका निम्ती पनि अभियान फलदायी हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । बालविवाहमा परेका बालवालिकाहरुलाई दिईने स्वास्थ्य सेवा, सचेतना र युवा परिचालन लगायतका विषयमा अभियान सुरु गर्न लागिएको वल्र्ड भिजन इन्टरनेशनले जनाएको छ ।

बालविवाह अन्त्यका लागि सामाजिक सचेतना जगाउन पनि अभियान सफल हुने इन्टरनेशनलका संचार सम्पर्क निर्देशक पुष्कर खातीले जानकारी दिनुभयो । सामुदायिक रेडियो प्रसारक संघ अकोराब र वल्र्ड भिजन इन्टरनेशनल नेपालको संयुक्त पहलमा अभियान सञ्चालन हुन लागेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *