सुनचाँदीको मूल्य बढ्यो

साउन २५, मकालु खबर । बुधबार सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य तोलामा ३ सय र चाँदीको १० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार बुधबार फाइन सुनको मूल्य प्रतितोला ५४ हजार ४ सय रुपैयाँ कायम भएको छ । त्यस्तै, चाँदीको मूल्य तोलामा ७३५ कायम भएको छ ।

स्टान्डर्ड सुनको मूल्य फाइनकोभन्दा तीन सय रुपैयाँ कम रहने गर्दछ । ९९.९ प्रतिशत शुद्ध सुनलाई फाइन र ९९. ५ प्रतिशत शुद्ध सुनलाई स्टान्डर्ड भनेर व्याख्या गर्ने गरिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *