रक्षा मन्त्रालयको नयाँ भवन बन्ने

साउन २५, मकालु खबर । ७२ सालको भूकम्पले रक्षा मन्त्रालय रहेको सिंहदरबारको मुख्य भवन प्रयोग गर्न नमिल्ने गरी क्षति पुगेपछि मन्त्रालय भवन बिहिन बनेको थियो । बुधवार बिहान प्रधानमन्त्री शेर बहादुर देउवाले सिंहदरबारको दक्षिण पश्चिममा रहेको नेपाली सेनाको क्याबलरी (घोडा स्याहार केन्द्र ) गुल्म रहेको स्थानमा रक्षा मन्त्रालयको नयाँ भवन निर्माणको शिलान्यास गरेका छन् ।

बेसमेन्ट र कौसी भाग बाहेक ५ तलाको हुने नयाँ भवन ५९४७.१६ वर्ग मिटरमा बन्ने भएको छ । २०७७ असारमा निर्माण सम्पन्न गर्ने गरी डाँफे समानान्तर जे भी ले ठेक्का पाएको यो भवनको लागत १९ करोड ३३ लाख ४ हजार रहेको छ । १०५ वटा कोठा रहने भवन भूकम्प प्रतिरोधी हुनुका साथै अग्नि निरोधक प्रणाली जडान भएको हुनेछ । शिलान्यास कार्यक्रममा बोल्दै प्रधानमन्त्री शेर बहादुर देउवाले भवन निर्माणमा आर्थिक अनुशासनको पालना र तोकिएको समयमा नै निर्माण सम्पन्न गर्न निर्देशन दिए ।

निर्माण हुने भवन अपाङ्ग मैत्री, प्राकृतिक बतानुकुलित र लिफ्ट सहितको हुनेछ । भूकम्पपछि आफ्नो भवन नहुँदा मन्त्रालय सिंहदरबार भित्र रहेको राष्ट्रिय सुरक्षा परिषद्को भवनमा रहेको छ । मन्त्रालयको दैनिक कार्य सञ्चालन हुँदै आएपनि पर्याप्त कोठा र कार्यालय सुविधा नहुँदा काम प्रभावित हुँदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *