मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

दुई लाख घुससहित कर्मचारी पक्राउ

झापा, २४ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रू दुई लाख घुस रकमसहित जिल्ला जनस्वास्थ्य कार्यालय झापाका एक कर्मचारीलाई आज पक्राउ गरेका छन् । पक्राउ पर्नेमा जिल्ला जनस्वास्थ्य कार्यालय झापाका ल्याब टेक्निसियन रामकुमार साह रहेको छ ।


अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौँ र अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय इटहरी सुनसरीका प्रहरी नायब उपरीक्षक रमेश बस्नेतको संयुक्त टोलीले स्वास्थ्य संस्था नवीकरणका लागि घुस लिँदै गर्दा उनलाई पक्राउ गरेको हो ।

‘स्वास्थ्य संस्था नवीकरण’ गरिदिन्छु भन्दै सेवाग्राहीसँग घुस लिँदै गर्दा उनलाई रङ्गेहात पक्राउ गरिएको प्रनाउ बस्नेतले बताउनुभयो । साहलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको पनि उहाँले बताउनुभयो । रासस

प्रतिकृयाहरु
Loading...