सामुदायिक मेलमिलाप कर्ताहरुको अनुभव आदनप्रदान

रामेछाप, साउन २४ । रामेछाप नगरपालिकामा आज सामुदायिक मेलमिलापकर्ताहरुको वडास्तरीय अनुभव आदनप्रदान कार्यक्रम गरिएको छ । तामाकोशि सेवासमिति रामेछापको आयोजना र द एसिया फउन्डेसनको आर्थिक सहयोगमा सन्चालित सामुदायिक मेलमेलाप कार्यक्रमको अनुभव आदानप्रदान कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा रामेछाप नगरपालिका भित्रका वडाका वडाध्यक्ष र सामुदायिक मेलमिलाप कर्ताहरुको उपस्थिती रहेको थियो । अनुभव आदन प्रदान कार्यक्रममा तामाकोशि सेवासमिती रामेछापका प्रशिक्षक यादव दाहालले प्रशिक्षण दिनु भएको थियो । यसैबीच रामेछाप नगरपालिकामा आजदेखि भंगेरी श्रेष्ठ समाजद्धारा आयोजित लाखे भक्कु नाच कार्यक्रम सुरु भएको छ । नेवार समुदायको सांस्कृतिक पर्व लाखे जात्राको अवसरमा रामेछापको भंगेरीमा लाखेनाच कार्यक्रम सुरु भएको हो । गठेमंगलको दिनदेखि कृष्णाष्टमीका दिनसम्म मनाइने लाखेजात्रा अन्तर्गत मनाइने सांस्कृतिक लाखे नाँचमा नेवार समुदायमा दुःख–पीडा भुलेर झुम्ने गर्दछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *