मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

काफ्ले एनआरएनए क्यानडाको अध्यक्षमा निर्वाचित

साउन २४, क्यानडा । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाको अध्यक्षमा गोपी काफ्ले निर्वाचित भएका छन् । टोरोन्टोमा भएको निर्वाचनबाट काफ्ले निर्वाचित भएका हुन् । उनले देवेन्द्र सुवेदीलाई पराजित गरेका हुन् ।

निर्वाचनमा काफ्लेले ११ मत ल्याउँदा सुवेदीले ६ मत पाए । त्यस्तै, संघको उपाध्यक्षमा राजकुमार महत, रमेश बानियाँ र माधव दाहाल, महासचिवमा चिरञ्जीवी घिमिरे, सचिवमा देवी अधिकारी, कोषाध्यक्षमा सूर्य सापकोटा र प्रवक्तामा रविन्द्रराज घिमिरे निर्वाचित भएका छन् ।

सदस्यहरुमा विमला सापकोटा, प्रमिला बस्नेत, करुण कार्की, विनोद राना, दीपक श्रेष्ठ, चन्द्र अधिकारी, सुवास गिरी, देवेन्द्र सुवेदी र दिनेश घिमिरे निर्वाचित भए । एनआरएनए क्यानडाको यो दशैं निर्वाचन हो ।

प्रतिकृयाहरु
Loading...