दैनिक १२ सय सवारी बिक्री हुदै, कुन सवारी कति ?

साउन २४, काठमाडौं । आर्थिक वर्ष २०७३/७४ मा दैनिक १ हजार २ सय १७ वटा सवारी बिक्री भएको छ । जुन गत वर्षको तुलनामा दैनिक ३ सयले बढी हो । गत आ व २०७२/७३ मा दैनिक ९ सय १७ वटा सवारी बिक्री भएको थियो । यसरी बिक्री हुनेमा सबैभन्दा बढी मोटरसाइकलको रहेको छ । आ व २०७३/७४ मा दैनिक ९ सय ७० वटा मोटरसाइकल बिक्री हुँदा देशभर ४ लाख ४४ हजार २ सय ५९ सवारीसाधन बिक्री भयो । जुन दैनिक हिसाव गर्दा १ हजार २ सय १७ हुन आउँछ । आ व २०७२/७३ मा ३ लाख ३४ हजार ७ सय ६५ वटा सवारीसाधन दर्ता भएका थिए ।

पछिल्लो ६ वर्षमा देशभर सवारीसाधनको संख्या दोब्बरभन्दा बढी भएको छ । आर्थिक वर्ष २०६८/६९ मा देशभर १३ लाख ४८ हजार ९ सय ९५ सवारीसाधन रहेकोमा गत आ व सम्ममा दर्ता भएका कुल सवारी साधनको संख्या २७ लाख ८३ हजार ४ सय २८ पुगेको छ । हरेक वर्ष सवारी दर्तामा सबैभन्दा धेरै हिस्सा मोटरसाइकलको रहने गरेको छ । २०७२/७३ मा देशभर २ लाख ६७ हजार ४ सय ३८ वटा मोटरसाइकल दर्ता भएकोमा गत वर्ष ३ लाख ५४ हजार ७१ वटा पुगेको छ । मोटरसाइकलपछि धेरै दर्ता हुने सवारीमा कार/जीप/भ्यान रहेको छ ।

२०७३/७४ मा २१ हजार २ सय ९२ वटा कार/जीप/भ्यान दर्ता भएका छन् । यो आव ०७२/७३ को तुलनामा ७ हजार ६९ ले कम हो । अघिल्लो वर्ष देशभर २८ हजार ३ सय ६१ वटा कार, जीप र भ्यान दर्ता भएको विभागको तथ्यांक छ । कार, जीप, भ्यानपछि धेरै दर्ता हुने सवारीमा ट्र्याक्टर, पावर ट्रेलर रहेको छ । यो अा व २०७३/७४ मा १७ हजार ८५ वटा दर्ता पुगेको छ । अघिल्लो वर्ष ९ हजार ७ सय ८६ वटामात्र दर्ता भएको देखिन्छ । ट्र्याक्टरपछि धेरै दर्ता हुनेमा क्रेनरडोजर, एक्जाभेटर, ट्रक रहेको छ, जुन गत वर्ष १२ हजार ७ सय १२ को संख्यामा रहेको थियो ।

अा व २०७२/७३ मा क्रेन, डोजर, एक्जाभेटर, ट्रक ८ हजार ३ सय २८ वटामात्र दर्ता भएका थिए । २०७३/७४ मा ई–रिक्साको दर्तामा भने उल्लेख्य कमी आएको छ । २०७२/७३ मा ११ हजार ८ सय ९४ वटा ई–रिक्सा दर्ता भएकोमा २०७३/७४ मा आइपुग्दा घटेर २ हजार २ सय ४७ मा सीमित भएको छ । ई-रिक्सा अधिकांश तरार्इका जिल्लाहरूमा मात्र दर्ता हुने गरेको छ । यस्तै, २०७२/७३ मा यात्रुवाहक बस दर्ता ४ हजार ३ सय ५३, मिनि बस, मिनि ट्रक ४ हजार ६ सय २५, माइक्रोबस ११ सय ३७, टेम्पो २ हजार ६ सय १३ को संख्यामा दर्ता भएको थियो । ०७३/७४ मा आइपुग्दा बस बढेर ५ हजार ३ सय ४२, मिनिबसरमिनिट्रक घटेर २ हजार ८, माइक्रो ८ सय ४१ र टेम्पो दर्ता बढेर १७ हजार ७ सय ८२ पुगेको विभागको तथ्यांकमा छ ।

देशभर पिक अपको दर्ता पनि उल्लेख्य रुपमा बढेको छ । २०७२/७३ मा ५ हजार ६० वटा पिकअप दर्ता भएकोमा ०७३/७४ मा आइपुग्दा दोब्बर भन्दा बढीले वृद्धि भइ १० हजार ६ सय ७५ पुगेको छ । अञ्चलगत रुपमा हेर्दा ०७२/७३ सबैभन्दा धेरै सवारी बागमतीमा ९४ हजार ७ सय २१ वटा दर्ता भएकोमा ०७३/७४ मा आइपुग्दा बढेर १ लाख १९ हजार ९ सय ५६ पुगेको छ ।

सवारी बिक्रीदर

वर्षजम्मा संख्यादैनिक
२०७३/७४४,४४,२५९१,२१७
२०७२/७३३,३४,७६५९१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *