चुनावी धारणा तय गरेर राजपाको बैठक आज सकिदै

काठमाडौं, साउन २४ । राजधानीमाजारी राष्ट्रिय जनता पार्टी नेपालको केन्द्रीय समिति बैठक आज सक्ने तयारी छ । स्थानीयतहनिर्वाचनमाजाने किनजाने भन्ने विषयमाआधिकारीकधारणा बनाएरु बैठक सकिनेछ । आइतबारदेखि सुरु बैठकमा निर्वाचनको पक्ष र विपक्षबीचनेताहरु बाडिएका छन् ।

६ मधेस केन्द्रित दलबीच एकीकरण भएर बनेको राष्ट्रिय जनता पार्टी नेपालभित्रको विवाद गहिरिँदै गएको छ । ६ ओटा प्रदेशको स्थानीयतह निर्वाचन बहिस्कार गरिसकेको राजपा भित्रप्रदेश नम्बर–२ को चुनावमा भागलिने किनलिने भन्ने विषयमादुई मत देखिएको छ । शीर्षतहका नेताहरु संविधान संसोधननगरि नजाने पक्षमा छन् भने केही नेताहरुले सरकारसँग लिखित सम्झौता गरेर संसोधन नभएपनि जानुपर्ने मत राखेका छन् । अध्यक्ष मन्डलका सदस्यद्वय महेन्द्र यादव, शरत्सिंह भण्डारी, वरिष्ठ नेताद्वयहृदयेश त्रिपाठी, शर्वेन्द्रनाथ शुक्ल लगायतका नेताहरु चुनावमा जानुपर्ने पक्षमा छन् ।बाँकी अरु नेताहरु चुनावमा जान नसकिने पक्षमा छन् । संविधान संशोधनलाई ‘बटमलाइन’ मान्दै राजपाले यसअघिका चुनाव बहिस्कार गरेको थियो । आज बिहान ९ बजेपछि बस्ने बैठकले धारणा ल्याउने प्रवक्ता डिम्पलकुमारी झाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *