स्पेनिस लिगको इतिहासमा मेस्सी सवोत्कृष्ट खेलाडी

एजेन्सी । स्पेनिस लिग फुटबलको इतिहासमा लियोनल मेस्सी सवोत्कृष्ट खेलाडी रहेको एक अनुसन्धानले देखाएको छ । पछिल्ला ८६ सिजनको अनुसन्धानका क्रममा बार्सिलोनाका फरवार्ड मेस्सी सर्वोत्कृष्ट खेलाडी बनेका हुन् । स्पेनिस फुटबलको इतिहास र तथ्य विषयमा गरिएको अनुसन्धानले मेस्सीलाई ८६ वर्ष यताकै उत्कृष्ट खेलाडी भएको तथ्य सार्वजनिक गरेको हो ।

सोही अध्ययनले पूर्व रियल मड्रिडका आइकन खेलाडी राउललाई दोस्रो उत्कृष्ट खेलाडीको सूचीमा राखेको छ । त्यसपश्चात सिजर रोड्रिगेज, टेल्मो जारा र एनरिक क्यास्ट्रो क्रमशः तेस्रो, चौथो र पाँचौ स्थानमा छन् । अनुसन्धानकर्ता जोसे आन्टोनियो ओर्टेगाले विभिन्न क्षेत्रहरुको अध्ययन गर्दै यो तथ्यांक सार्वजनिक गरेको बताएका छन् । जसमा एउटा सिजनमा कति मिनेट खेले ? कति गोल प्रहार गरे ? कति रातो कार्ड पाए ? कति पेनाल्टी प्रहार गरे ? आदि विषयहरुलाई आधार मानेर अनुसन्धान गरिएको उनले बताए ।

सन् १९२९ देखि ला लिगा सुरु भएको थियो । त्यसयता ९ हजार २ सय ८० खेलाडीहरुले आफ्नो प्रभाव जमाएका छन्। जसमा ८ सय ५४ गोल किपर मात्रै रहेको अनुसन्धानमा उल्लेख छ । अनुसन्धान गरिएका केही सिजनहरुमा मेस्सीको प्रदर्शन सर्वोत्कृष्ट रह्यो । त्यसमा तीन सय बढी गोल गर्ने मेस्सी एकमात्रै खेलाडी हुन् । हाल मेस्सीको गोलसंख्या ३ सय ४९ छ ।

अनुसन्धानमा मेस्सीको उत्कृष्ट सिजनका रुपमा सन् २०११–१२ को सिजनलाई उल्लेख गरिएको छ । उक्त सिजनमा मेस्सीले ५० गोल गरेका थिए । जसमा आठ वटा ह्याट्रिक समावेश छन् । सन् २००४ मा बार्सिलोनामा डेब्यु गरेदेखि मेस्सीले प्रत्येक सिजनको लालिगामा केही न केही रेकर्ड तोडेको रिपोर्टमा उल्लेछ छ । लालिगाका ३८२ खेलमा मेस्सीले ३४९ गोल गरेपछि ८६ सिजन यताकै उत्कृष्ट ठहरिएका हुन् ।

अनुसन्धानमा आर्टेगाले उल्लेख गरेका छन्ः ‘मेस्सीले उत्कृष्ट खेलाडी हुनु पछाडीका कारणहरुमा उनको खेल्ने तरिका, ट्यालेन्ट तथा उनको क्षमता मुख्य कारण हुन् । जसले उनलाई ८६ सिजन यताकै उत्कृष्ट खेलाडी बनाएको छ ।’ सूचीका अनुसार क्रिस्टियानो रोनाल्डो १७ औ नम्बरमा परेका छन् । उनले ४ सय १५ अंक पाएको अनुसन्धानमा उल्लेख छ । ला लिगाको इतिहासमा रोनाल्डो दोस्रो उच्च गोलकर्ता हुन् । उनले लालिगामा २ सय ८५ गोल गरेका छन् ।

बार्सिलोनाका अन्य खेलाडीहरु जाभी ४९ औ, कुबाला ९० औं, पायोल १९५ औं, इनिस्टा २२९ औ र रोभाल्डो २९० औ स्थानमा परेका छन् । अनुसन्धानकर्ता ओर्टेगाका अनुसार उत्कृष्ट खेलाडी बन्ने क्रममा मेस्सीले ५ सय ४५ अंक प्राप्त गरेका छन् । दोस्रोमा रहेका राउलले ५२८, सिजरले ५२४, जाराले ४३९ र क्विनीले ४८८ अंक प्राप्त गरेका छन् ।

छैठौँदेखि दशौँ स्थानसम्म क्रमशः जाउन आर्जा (४८१), अल्फ्रेडो डि स्टिफेनो (४८१), पाको जिन्टो (४६७), कार्लोस अलोन्सो (४६४) र गुलिर्मो गोरिस्टिजाले ४५४ अंक प्राप्त गरेका छन् । त्यस्तै, एथ्लेटिकोका आरिट्ज आदुरिज सबै खेलाडीको सूचीको ६७ औँ स्थानमा छन् । उनले ३१४ अंक पाएका छन् । ला लिगामा उनले १४६ गोल गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *