“राजधानीमा साउन २५ गते देखि “”नेपाल फेशन आईडल”” को अडिसन”

साउन २३, काठमाडौं । राजधानीमा साउन २५ गते देखि “”नेपाल फेशन आईडल”” को अडिसन सुरू हुने भएको छ । काठमाडौं रशलाईट मिडियाको आयोजनमा हुन लागेको सौन्दर्य प्रतियोगिताको अडिसन ललितपुर स्थित भेल्भेट लन्ज झम्सिखेलमा हुनेछ ।

यो प्रतियोगिता मोडलिङ क्षेत्रमा आउन चाहने युवायुवतीलाई लक्षितहरूलार्इ लक्षित गरि अायोजना गर्न लागिएको अायोजकले जनाएका छन् । यस प्रतियोगिताका लागि अहिले फर्म खुल्ला भइसकेको छ । १६ वर्षदेखी २९ वर्ष उमेर समुहका युवायुवतीले सहभागी हुन पाउने यस प्रतियोगितामा केटाको ५.५ फिट र केटीको ५ फिट उचाई हुनु पर्ने आयोजक संस्था रशलाईट मिडियाले जनाएको छ ।

नेपाल फेशन आईडलको विजेताले नगद २५ हजारसहित विज्ञापनमा खेल्न पाउने छन् । भने, विभिन्न आकर्षक उपहार तथा मोडलिङ सम्बन्धी अवसर प्रदान गरिने आयोजक संस्थाकी अध्यक्ष रमिता भण्डारीले जानकारी दिइन । उनका अनुसार प्रतियोगितामा सहभागीहरुलाई सञ्चार, एमसी, पब्लिक स्पिकिङ, व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि कक्षा, मोटिभेसन कक्षाका साथै अन्य मोडलिङ तथा विविध विषयमा प्रशिक्षण दिइने छ । थप जानकारीका लागि नेपाल फेशन आइडलको अफिसियल फेसबुक पेजमा हेर्न सकिने जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *